सरावलमा अनिल गौडको एजेण्डा समृद्ध गाउँपालिका बनाउने देखि १५ सैयाको अस्पताल बनाउनेसम्म

0
272

परासी, २७ बैशाख । सरावल गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार अनिल कुमार गौड ठोस एजेण्डा लिई मतदाताहरुको दैलोमा पुगेका छन् । आज घरदैलोको अन्तिम दिन नेता अनिल गौड आफनो लोकप्रिय र ठोस योनजा तथा एजेण्डाहरु लिई मतदाताहरुलाई भेटदै भोट मागेका हुन् ।गाउँपालिका अध्यक्ष पदमा अनिल कुमार गौड उपाध्यक्ष पदमा उत्तमा राय सहित ७ वटै वडाका वडा अध्यक्ष सदस्यका उम्मेदवारहरु मतदाताहरु भेटदै एकहप्ता अगाडी देखि भोट माग्ने कार्यमा व्यस्त छन् ।

के छ त एजेण्डाहरु
विवादका कारण बन्न नसकेको १५ सैयाको अस्पताल बनाउने प्रतिबद्धता
गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउने ।
कृषि उत्पादन बढाउन र कृषकहरुलाई प्रोत्साहन गर्न विद्युतिय नलकुप, पंपिङ्गसेट, विद्युतिय मोटर, टेक्टर जस्ता कृषि यन्त्रहरु ५० प्रतिशत देखि ७५ प्रतिशत अनुदानमा वितरण गर्ने
वृद्ध, अशक्त अपाङ्गहरुलाई दैलोमै पुगी उपचार सेवा प्रदान गर्ने ।
सरावलको ठुलो समस्या बाढी रहेकाले बाढीबाट डुबान हुने उक्त क्षेत्रहरुमा बाढी नियन्त्रणका लागि प्लान बनाई काम गर्ने ।
एसईइ परिक्षा पास गर्ने छात्राहरुलाई प्रोत्साहन गर्न साईकल वितरण गर्ने र उच्च शिक्षाको अध्ययनरत विद्यार्थीहरुलाई ल्याप्टप वितरण गर्ने ।
कृषि उत्पादन बढाउन अनुदानमा बिउबिजन, कृषि उपकरण, मलखादको वितरण गर्ने र खेत–खेतमा सिँचाईको व्यवस्था मिलाउने ।
निशुल्क एम्बुलेन्स संचालन गर्ने । नगर बस संचालन गर्ने ।
खेल मैदान (स्टेडियम निर्माण गर्ने ।
युवाहरुलाई रोजगार बनाउन स्वरोजगारका कार्यक्रमहरु अगाडी सार्ने र महिलाहरुलाई लघु उद्यम मार्फत स्वरोजगार बनाउने ।
कृषिमा आधुनिकरण गर्दै उत्पादन बढाउन उन्नत जातको बिउबिजन वितरण गर्ने र समयमा मलखाद उपलब्ध गराउने ।
शुद्ध खानेपानीको व्यवस्था गर्ने र गाउँपालिकालाई सफा सुग्घर बनाउन हरित नगरको रुपमा विकास गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here