यस्ता छन् सुभान अलिको एजेण्डा : अस्पताल बनाउने, बाढी नियन्त्रण गर्ने देखि फ्रि वाईफाई जोनसम्म

0
584

परासी, २७ बैशाख । निकै अनुभवि र राजनितिक तथा सामाजिक व्यक्ति सुभान अलि अंसारी आफनो लोकप्रिय एजेण्डाहरु लिई मतदाताहरुको दैलोमा पुगे । माओबादी केन्द्रबाट सरावल गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सुभान अलि अंसारी एक हप्ता अगाडी देखि ७ वटै वडाका मतदाता भेटदै आफनो योजना र एजेण्डाहरु सुनाउदै मत माग्नमा निकै व्यस्त देखिए । नेता सुभान अलिको अनुभव, कार्यक्षमता र लोकप्रिय एजेण्डाहरु सुनी मतदाता निकै उत्साही र खुशी हुने गर्दथे ।

यस्ता छन प्रमुख एजेण्डाहरु
झरही, धनेवा, खजुरा खोलाको बाढी नियन्त्रणका लागि वृहद प्लान बनाई काम गर्न ।
२ बर्षभित्रै १५ सैयाको अस्पताल बनाई उपचार सेवा प्रदान गर्ने ।
गाउँपालिकालाई भ्रष्टाचार मुक्त बनाउने ।
सरावललाई सुन्दर व्यस्थित पालिका बनाउन हरित नगरीको रुपमा विकास गर्दै विभिन्न बालउद्यान, बनबाटिका र पार्कहरुको निर्माण गर्ने ।
कृषि उत्पादन बढाउन र कृषकहरुलाई प्रोत्साहन गर्न विद्युतिय नलकुप, पंपिङ्गसेट, विद्युतिय मोटर, टेक्टर जस्ता कृषि यन्त्रहरु अनुदानमा वितरण गर्ने
वृद्ध, विधवा, अपाङ्गहरुको भत्ता रकम घर–घरमै पु¥याउने व्यवस्था मिलाउने ।
प्रत्येक गाउँहरुमा फ्रि वाईफाई जोन बनाउने ।
एसईइ परिक्षा पास गर्ने छात्राहरुलाई प्रोत्साहन गर्न साईकल वितरण गर्ने र उच्च शिक्षाको अध्ययनरत विद्यार्थीहरुलाई ल्याप्टप वितरण गर्ने ।
कृषि बाटोहरु निर्माण गरि कृषि क्षेत्रमा आधुनिकरण तथा व्यवसायीकरण गर्ने ।
कृषि उत्पादन बढाउन अनुदानमा बिउबिजन, कृषि उपकरण, मलखादको वितरण गर्ने र खेत–खेतमा सिँचाईको व्यवस्था मिलाउने ।
स्वास्थ्य सेवाका लागि निशुल्क एम्बुलेन्स संचालन गर्ने ।
खोलाहरुको तटबन्ध गर्ने र नाला कुलाहरुको सफाई तथा मर्मत सम्भार गर्ने ।
खेलाडीहरुलाई प्रोत्साहन गर्न निशुल्क रुपमा खेल सामाग्रहरु वितरण गर्ने र पालिकामा हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here