सरावलमा माओबादीको पक्षमा माहोल बन्दै : अध्यक्षका उम्मेदवार सुभानको प्रमुख मुद्दा बाढी नियन्त्रण

0
367

परासी, २७ बैशाख । सरावल गाउँपालिकामा माओबादी केन्द्रले चुनावी माहोल निकै तताएको छ । माओबादी केन्द्रबाट सरावल गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सुभान अलि अंसारी, उपाध्यक्ष पदकि उम्मेदवार जानकी कुमारी चाधरी सहित विभिन्न वडा अध्यक्षका उम्मेदवारहरुले आज सरावल गाउँपालिकामा वृहद ¥याली निकाली शक्ति प्रदर्शन गरेका छन् । भुजहँवाँबाट निकालीएको विशाल ¥याली पालिकाको ७ वटै वडाको परिक्रमा गरि भुजहवाँ स्थित कोणसभा परिणत भएको थियो । ¥यालीमा २ सय बढि मोटरसाईकल, २० बढि बस र टयाक्कर, चारचक्के गाडीमा २ हजार बढि कार्यकर्ताहरु सवार भई ¥यालीमा सहभागी भएका थिए ।

माओबादीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सुभान अलि अंसारीको यो वृहद ¥याली देखेर जनताहरु दंग परेका छन् । यस ¥यालीले सरावल गाउँपालिकाको माहोल माओबादीको पक्ष देखिएको छ । गाउँपालिकामा सुभान अलि निकै बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् । गाउँपालिकामा उनको जनमत र समर्थन देख्दा चुनावको उनको पक्षमा हुने प्रवल सम्भावना देखिएको छ ।

कोणसभामा पुर्वकृषि मन्त्री चक्रपाणी खनालले सम्बोधन गर्दै सरावलको डुबान समस्या सामाधान गर्न यसै आर्थिक बर्षको बजेटबाट बाढी नियन्त्रणको कार्य गरिने बाँचा गर्नु भयो । उहाँले माओबादी केन्द्र सरकारमा रहेको र यहाँका सबै समस्या सामाधान गर्ने प्रतिबता जाहेर गर्दै आफनो पार्टीका उम्मेदवार सुबहान अलिलाई अत्याधिक मतले बिजयी गराउन मतदाताहरुमा आग्रह पनि गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here