सरावलमा सुभान अलिको पक्षमा माहौल बन्दै

0
314

परासी, २६ बैशाख । सरावल गाउँपालिकामा माओबादी केन्द्रको जनलहर बढदै गएको छ । माओबादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सुभान अलि अंसारी र उपाध्यक्ष पदकि उम्मेदवारी जानकी कुमारी चौधरी सहितको टोलीले वडा ७ भुजहवाँमा गरेको घरदैलोमा कार्यकर्ताहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो । घरदैलाेमा हजार बढि कार्यकर्ताकाे उपस्थिती रहयाे ।

सुभान अलि नितान्त राजनितिक र सामाजिक व्यक्ति रहेको र विभिन्न पार्टीमा तथा संघसंस्थामा लामो अनुभव र साविक रामपुर खडौना गाविसको दुई पटक प्रधान भई काम समेत गरेको अनुभव रहेकाले आफनो उम्मेदवारी गाउँपालिकाको अध्यक्ष पदमा दिएको जनकारी दिनु भयो । गाउँपालिका अध्यक्ष पद मेरो अनुभव र कार्यशैलीले राम्रो संग हाक्न सक्ने क्षमता रहेको र समग्र सरावलको विकासमा मेरो अहम भुमिका रहने अध्यक्ष पदका उम्मेदवार सुभान अलिले प्रतिबद्धता जाहेर गरे ।

नेता सुभान अलि सरावल गाउँपालिकामा भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि पशु, सामाजिक विकास, पर्यटन विकास, बाढी नियन्त्रण, युवा स्वरोजगार लगायतको क्षेत्रमा आफँु संग वृहद प्लान र योजना रहेको भन्दै आफनो घोष्णा पत्र लिई मतदाताको दैलोमा पुगी मत माग्नमा व्यस्त छन् । नेता सुभान अलिको राजनितिक तथा समाजिक ईतिहास, अनुभव र लोकप्रिय एजेण्डाले सरावल गाउँपालिका जनताहरु आकर्षित हुदै गएका छन् । बर्तमान अवस्थामा सरावल गाउँपालिकामा सुभान अलिको माहौल निकै राम्रो छ । उहाँ आफुँलाई मतदान गरि बिजयी बनाउन सम्पुर्ण मतदाताहरुमा यसै संचार माध्यमबाट आग्रह गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here