रामग्राम मेयरका उम्मेदवार नरेन्द्र गुप्ताले वडा १२ र १३ मा गरे घरदैलो

0
207

परासी, २२ बैशाख । नेपाली कांग्रेसले रामग्राम नगरपालिकामा घरदैलो कार्यक्रममा तिब्रता दिएको छ । आज विहिवारका दिन पार्टीबाट नगर प्रमुख पदका उम्मेदवार नरेन्द्र कुमार गुप्ता उप प्रमुख पदकि उम्मेदवार आराधना भट्ट सहितका वडाका उम्मेदवारहरु वडा नं. १२ र १३मा घरदैलो कार्यक्रम गरेका हुन् ।

आगमी बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा होमिका कांग्रेसका उम्मदेवारहरु आफनो एजेण्डा तथा लोकप्रिय योजनाहरु लिएर मतदाताको दैलोमा पुगी मत माग्नमा व्यस्त देखिएका छन् । घरदैलो कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार नरेन्द्र कुमार गुप्ता निकै चर्चित र लोकप्रिय उम्मेदवार रहेकाले उनी प्रति मतदाताको समर्थन बढदै गएको छ ।

घरदैलोमा आममतदाताहरुले यस पटक फेरिपनि नरेन्द्र गुप्तालाई नगर प्रमुखको अवसर प्रदान गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन् । मेयरका उम्मेदवार नरेन्द्र गुप्ता, उपमेयरकि उम्मेदवार आराधना भट्टले आफनो लोकप्रिय चुनावी घोषणा पत्र र महत्वपुर्ण योजना संगै नगरपालिका क्षेत्रमा कांग्रेसको बलियो संगठन भएकाले बलियो उम्मेदवारको रुपमा लिइएको छ । त्यस्तै अरु पार्टीका उम्मेदवारहरु पनि घरदैलोमा व्यस्त छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here