पाल्हीनन्दनमा कांग्रेस मजबुद हुदै : कांग्रेसका उम्मेदवार घरदैलोमा व्यस्त

0
559

परासी, २२ बैशाख । नेपाली कांग्रेसले पाल्हीनन्दन गाउँपालिकामा घरदैलो कार्यक्रममा तिब्रता दिएको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजेन्द्र सहानी, उपाध्यक्ष पदकि उम्मेदवार सकिना फातिमा खातुन र वडा ५ को वडा अध्यक्ष पदका उम्मेदवार ओमप्रकाश गुप्ता सहित पार्टीका अगुवा कार्यकर्ताहरु आज वडा नं. ५ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । पाल्हीनन्दन गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजेन्द्र सहानी र उपाध्यक्ष पदकि उम्मेदवार सकिना खातुनले आफनो लोकप्रिय चुनावी घोषणा–पत्र तथा एजेण्डाहरु लिई मतदाताको दैलोमा पुगेर मत माग्नमा व्यस्त छन् ।

पाल्हीनन्दन गाउँपालिकामा यस पटक कांग्रेसको ग्राफ माथि उठदै गएको छ । गाउँपालिकामा कुल ६ वटा वडाहरु छन् । गत चुनावमा जितेका जनप्रतिनिधिले जनताको अपेक्षा अनुसार काम गर्न नसकेपछि गाउँपालिकाका मतदाताहरुले पुरानो सरकार फेर्ने चक्करमा छन् । यस पटक पालिकामा नेपाली कांग्रेसको माहोल निकै बढदै गएको र मतदाताहरुको समर्थन पनि जुटदै गएको छ । पालिकामा नेपाली कांग्रेस, जसपा, माओबादी केन्द्र, लोसपा प्रतिस्पर्धामा देखिएको छ । राजेन्द्र सहानी विगत लामो समयदेखि समाजिक तथा राजनितिक क्षेत्रमा सक्रिय भई जनताको सेवा गर्दै आएको व्यक्ति रहेकाले उनी प्रति जनताको समर्थन बढदै गएको छ । त्यस्तै गाउँपालिमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, माओबादी केन्द्र सहितका साना दलहरु पनि आ–आफनो चुनावी एजेण्डा लिएर घरदैलोमा व्यस्त देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here