पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ मा जसपाको घरदैलो : जसपा कडा प्रतिस्पर्धामा

0
917

परासी, २२ बैशाख । जनता समाजवादी पार्टीले पाल्हीनन्दन गाउँपालिका वडा ३ मा घरदैलो कार्यक्रम गरेको छ । पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार धरेन्द्र यादव, उपाध्यक्ष पदकि उम्मेदवार मन्जु चौधरी र वडा ३ को वडा अध्यक्ष पदका उम्मेदवार निजामुद्दिन अंसारी सहित सदस्यहरुले वडा ३ को बेलासपुर, कुश्मा, पर्सिया र झुल्नीपुर गाउँमा घरदैलो कार्यक्रम गर्दै शक्ति प्रदर्शन गरेका हुन् ।

पार्टीका उम्मेदवारहरुले विहान ८ बजेदेखि सयांैको संख्यामा पार्टीका कार्यकर्ताहरु उतारी आफनो लोकप्रिय एजेण्डा लिई मतदाताको दैलोमा पुगी घरदैलो कार्यक्रम गरेका हुन् । घरदैलोमा मतदातालाई आफनो योजना र एजेण्डा सुनाई मत माग्नुका साथै चुनाव चिन्ह छातामा मत कसरी हाल्ने भनि समेत सिकाउने कार्य गरेको अध्यक्ष पदका उम्मेदवार धरेन्द्र यादवले बताएका छन् । वडा नं. ३ मा जसपाको माहोल बलियो हुदै गएपछि अरु पार्टीहरु आत्तिन थालेका छन् । धरेन्द्र यादव राजनितिक व्यक्ति रहेकाले उनी प्रति मतदाताको समर्थन जुटदै गएको छ ।

त्यस्तै गाउँपालिका वडा ५ मा नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टीले पनि वृहद घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । पाल्हीनन्दन गाउँपालिकामा चुनावी सरगर्मी बढदै गएपछि प्रमुख दलका उम्मेदवारहरु आ–आफनो चुनावी एजेण्डा लिएर घरदैलोमा व्यस्त देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here