एक बर्ष वित्दापनि मर्मत हुन सकेन त्रिवेणी–महेपसपुर सडक : समस्या झेल्दै यात्रु

0
452

परासी, १० भदाै । अघिल्लो बर्ष नै बाढीले भत्काएको महेशपुर -त्रिवेणी सडक नबन्दा स्थानियलाई समस्या भएको छ । जिल्लाको सरावल गाउपालिका ७ भुजहवा र बुडन्तवापुर विच पर्ने सो सडक प्रति सरोकारवाला निकायले सडक मर्मत प्रति ध्यान नदिदा समस्या भएको हो ।

तत्कालिन जिविस मार्फत विश्व बैकको सहयोगमा महेशपुर त्रिवेणी सडकको टेण्डर भएको थियो । जुन सडकको काम सकिने बर्ष नै बाढी आयो र सडक भत्कियो तर अहिलेसम्म त्यसको मर्मत नहुदा समस्या भएको स्थानियको भनाई छ । थोरै पानी पर्दा पनि सडक अवरुद्ध हुने गरेको छ, स्थानिय हरि यादवले भने, बेलामै मर्मत गर्न पथ्र्यो,तर त्यस प्रति सरोकार राख्ने कार्यालयले गैरजिम्मेवार हुदा जनताले सास्ती भोग्न परेको छ ।

जिबिसले गर्ने कार्यको केही जिम्मेवारी जिससको हो, तर जिससका उप प्रमुखको घर देखी ५ सय मिटर दुरीमा नै रहेको उतm खाल्टो उपप्रमुखले हेरेका छैनन्,कि देखेर पनि अनदेखा गरेका छन् । जहाँ जनताको पहुँच हुदैन् र पहुँचमा पुगेका ब्यतिmको दृष्टि पर्दैन त्यो स्थान ओझेलमा पुर्न स्वभाविक हो,तर सबैको नजर पर्ने सडक भत्किएको स्थान अहिलेसम्म मर्मत हुन नसक्नु कसलाई के भन्ने ? एक स्थानियले भने, हेर्नुस थोरै पानी बढयो, सडक अवरुद्ध हुन्छ,थोरै पानी परे पनि हिलाम्य भएर मोटरसाईकल समेत गुडाएर लैजानु पर्ने अवस्था छ ।

सडकको मर्मतका लागि स्थानियले बेलामै गाउपालिका,साँसदसंग कुरा नगरेको पनि होईन,तर जनताको मुखमा हुन्छ,हुन्छ भन्ने नेताहरुको ‘मनमा राम राम बगलीमा छुरी’ जस्दै देखिएको छ । दर्जनौ दुर्घटना भई सकेको छ । धेरै जनाको हाथ खुट्टा समेत भाच्चिएको भए पनि सडक मर्मतप्रति ध्यान गएको छैन् । सडकको डिजाईन गर्ने इन्जिनियरहरुले पनि सुख्खा मौषममा जाने र त्यही अनुसारको डिजाईनले पनि समस्या ल्याएको स्थानिय बालचन्द हरिजनले बताए । जिल्ला मात्र होइन नेपालमै चिनिएको क्षेत्र हो भुजहवा डुबान क्षेत्र,तर यहाँ बन्ने पुर्वाधारमा पनि प्राविधिकले अन्य स्थानमा जस्तै नजर अन्दाज गरि डिजाई गरिदिन्छन् । त्यो भएर पनि समस्या आएको हरिजनको भनाई थियो ।

डुबान क्षेत्रमा सडक बनाईयो, उनले भने, तर जलनिकासका लागि प्रयाप्त मात्रामा पुल कलभर्ट नबाईदिदा बाढीको बेला सडक बाँधको काम गर्ने र बाढीले पानीको प्रेसर बढदै जादा सडक भत्काउने गर्छ । त्यही गलत डिजाईन भुजहवा त्रिवेणी सडकमा पनि भएको दाबी हरिजनले भने, कम्तीमा प्राविधिकहरुले स्थानियसंग पनि परामर्श गरेर डिजाईन गर्नु पर्छ । तर जिल्ला सदरमुकाममै बसेर सबै काम गर्छन् । पछि सो डिजाईन फेल भएर बजेटको नोक्सानी मात्र होईन्,जनताले हैरानी पनि ब्यहोर्न परेको छ । गत बर्षको बाढीले सडक भत्कायो,तर अहिलेसम्म सडक नबनेको प्रति उनले आक्रोस पोखे, के हेरेर बसेका छन् सरकारी निकाय ? सम्बन्धित ठेकेदारलाई सडक मर्मत गर्न लगाउनु पर्ने उनले माग पनि गरेका थिए ।

त्रिवेणी,सुस्ता देखी प्रतापपुर र सरावल गाउपािलका समेतका हजारौ जनताले आवत जावत गर्ने सडक हो । तर जनता प्रति जिम्मेवार सरकारी निकाय र जनप्रतिनिधि नभई दिा जनतामा आक्रोस र नैराश्यता पनि उत्पन्न हुदै गएको छ । यता जिल्ला समन्वय समितिका प्रमुख शिव शंकर रायले सडक मर्मत गर्ने जिम्मेवारी लिएका प्राविधिक र सम्बन्धित ठेकेदारसंग तत्कालै पहल गरेर मर्मत गराउन लगाउने प्रतिवद्धता जनाए । सडक मर्मत नै गर्ने हो भन्ने किन ढिलाई हुन्छ ? उनले आश्चर्य प्रकट गर्दै भने, यस प्रति तत्कालै सरोकारवालासंग समन्वय गरि मर्मतका कार्य अगाडी बढाइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here