रामग्राममा नरेन्द्र गुप्ताको माहोल बन्दै : मेयरका उम्मेदवार गुप्ता चुनावी घोषणा पत्र लिएर घरदैलोमा व्यस्त

0
390

परासी, २२ बैशाख । नेपाली कांग्रेसका उम्मदेवारहरुले रामग्राम नगरपालिका वडा १८ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । कांग्रेस पार्टीबाट नगर प्रमुख पदमा उम्मदेवार रहेको निवर्तमान नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, उप प्रमुखकि उम्मेदवार आराधना भट्ट र वडा १८ को वडा अध्यक्ष पदका उम्मेदवार गोपाल डिस्वामगर सहित नेपाली कांग्रेसका अगुवा कार्यकर्ताहरु उक्त वडाको बुधबार घरदैलो सम्पन्न गर्दै वृहद ¥याली सहित शक्ति पनि प्रदर्शन गरेका थिए ।

आगमी बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा उम्मेदवारका लागि प्रचार प्रसारका समय निकै कम रहेकाले कांग्रेसले रामग्राम नगर क्षेत्रको घरदैलोमा तिब्रता दिदै आज विहिवार वडा ११ र १२को घरदैलो कार्यक्रम गर्दैछ ।

घरदैलो कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार नरेन्द्र कुमार गुप्ता निकै चर्चित र लोकप्रिय उम्मेदवार रहेकाले उनको जनमत बढदै गएको छ ।

घरदैलोमा आममतदाताहरुले यस पटक फेरिपनि नरेन्द्र गुप्तालाई नगर प्रमुखको अवसर प्रदान गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन् । यतिबेला मेयरका उम्मेदवार नरेन्द्र गुप्ता, उपमेयरकि उम्मेदवार आराधना भट्टले आफनो चुनावी घोषणा पत्र र महत्वपुर्ण योजनाहरु लिएर घरदैलोमा व्यस्त छन् ।

त्यसैगरि नेकपा एमाले, राप्रपा, जसपा–माओबादी गठबन्धन, लोसपा लगायत पार्टीका मेयर उप मेयर पदका उम्मेदवारहरु पनि घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here