पाल्हीनन्दनमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र सहानी घरदैलोमा व्यस्त

0
483

परासी, २२ बैशाख । पाल्हीनन्दन गाउँपालिका वडा ४ मा नेपाली कांग्रेसका उम्मेदवारहरुले बुधबार घरदैलो सम्पन्न गरेका छन् । पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजेन्द्र सहानी, उपाध्यक्ष पदकि उम्मेदवार सकिना फातिमा खातुन, वडा अध्यक्ष पदका उम्मेदवार रबिन्द्र सहानी र वडा सदस्यहरु सहित सयबढि पार्टीका कार्यकर्ताहरुका साथ घरदैलो कार्यक्रम गरिएको हो । गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजेन्द्र सहानी र उपाध्यक्ष पदकि उम्मेदवार सकिना खातुनले आफनो चुनावी घोषणा पत्र लिई मतदाताको दैलोमा पुगेर मत माग्नमा व्यस्त देखिएका छन् । उम्मेदवारहरुले घरदैलोमा तिब्रता दिदै आज विहिवार वडा ५ मा घरदैलो कार्यक्रम गर्दैछ ।

राजेन्द्र सहानी गत चुनावमा झिनो मतान्तरले पराजति भएकाले यसपटक उनी प्रति मतदाताहरुको सिम्पैथी बढदै गएको छ । गाउँपालिकामा कुल ६ वटा वडाहरु छन् । गत चुनावमा जितेका जनप्रतिनिधिले जनताको अपेक्षा अनुसार काम गर्न नसकेपछि गाउँपालिकाका मतदाताहरुले पुरानो सरकार फेर्ने चक्करमा छन् । यस पटक पालिकामा नेपाली कांग्रेसको माहोल निकै बढदै गएको छ । पालिकामा नेपाली कांग्रेस, जसपा, माओबादी केन्द्र, लोसपा प्रतिस्पर्धामा देखिएको छ । राजेन्द्र सहानी विगत लामो समयदेखि समाजिक तथा राजनितिक क्षेत्रमा सक्रिय भई जनताको सेवा गर्दै आएको व्यक्ति रहेकाले उनी प्रति जनताको समर्थन बढदै गएको छ । त्यस्तै गाउँपालिमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, माओबादी केन्द्र सहितका साना दलहरु पनि आ–आफनो चुनावी एजेण्डा लिएर घरदैलोमा व्यस्त देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here