परासीमा सुविधासम्पन्न होटेल सिद्धार्थ पार्क आजदेखि संचालन

0
1013

परासी, १ बैशाख । नवलपरासी पश्चिमको सदरमुकाम परासीमा एक सुविधासम्पन्न होटेल संचालनमा आएको छ । जिल्लाको रामग्राम नगरपालिका ३ सदरमुकाम परासी बजारमा होटेल सिद्धार्थ पार्क रिजेन्सी नामक सुविधा सम्पन्न होटेल आज नयाँ बर्षको दिन दिउँसो ४ बजेदेखि विधिवत रुपमा संचालनमा ल्याइदै छ । शान्तीका अग्रदुत गौतम बुद्धको अष्तिधातु रहेको रामग्राम स्तुप सहित रामग्राम नगर क्षेत्रभित्र विभिन्न महत्वपुर्ण पर्टकिय क्षेत्रहरु घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटहरुको बासका लागि परासीमा बजारमा व्यस्थित होटेल नरहेकाले उक्त आवश्यक्ता देखि यो सुविधासम्पन्न होटेल संचालनमा ल्याइएको होटेलका संचालक मनोज कुमार गिरीले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।

रामग्राम नगरपालिका ३ परासी बजारको सुनवल–परासी सडकमा ६ कट्टा क्षेत्रफलमा करिब २० करोड रुपैयाको लागतमा निर्माण गरिएको होटेल सिद्धार्थ पार्क रेजेन्सी आजदेखि संचालनमा आउँदा परासीमा उत्साह थपिएको छ । यस चार तल्ले होटेल भवनमा सुपर डिलक्स, डिलक्स गरि २४ वटा एसी रुमहरु छन् भने, २ वटा हल, मल्टी कुजिन फाईनडाईन रेष्टुरेन्ट, लाउन्ज बार, कफी शप, रुफटफ गार्डेन रेष्टुरेन्ट समेतको व्यवस्था रहेको होटेल संचालक गिरीले बताउनु भयो । उहाँले पत्रकार सम्मेलनमा आज यस होटेलेका वृहद ओपेनिङ्ग गर्दै यस होटेलमा थप सुविधाका लागि स्वीमिङ्ग पुल, बैन्क्वेट हल, पनि निर्माण कार्य भैरहेको भन्दै विभिन्न टुरिजम प्याकेज मार्फत पर्यटक आकर्षित गर्ने योजना रहेको बताउनु भयो ।

यो होटेल परासी बजारकै स्टेन्डर र सुविधायुक्त आकर्षित होटेल रहेको छ । यो होटेल थ्रि स्टार स्टेन्डरमा संचालन गरिएको छ । परासीकै आकर्षित रहेको यो होटेलमा यहाँका सरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्थाहरु र यहाँका उद्योगी व्यवसायी तथा राजनितिक व्यक्तिहरुको सहयोग आवश्यक रहेको संचालकद्धय रौनक अग्रवालले बताउनु भयो । यो होटेलमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने सेवा तथा व्यवस्थापन पक्षमा ध्यान दिने सम्मेलनमा जानकारी दिदै यस होटेलको संचालनले परासी बजारको आकर्षण बढने विश्वास व्यक्त गर्नु भयो ।

जिल्लाकै सदरमुकाम परासी बजारमा एक सुविधायुक्त व्यस्थित होटेल नहुँदा यहाँ आउने पाहुना र हुने विभिन्न सभा तथा कार्यक्रमहरु सुनवल, बर्दघाट, भुमहीका होटेलबाट सेवा लिने गरिएको थियो तर आजदेखि संचालनमा आएको यसहोटेलले उक्त बाध्यता र समस्या सामाधान गर्ने संचालकले विश्वास लिएका छन् । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्मा, युवानेता उद्योग बाणिज्य संघका उपाध्यक्ष नगेन्द्र अग्रहरी लगायतले यो होटेल परासीको आवश्यकता रहेको भन्दै यसको सफलताको शुभकामना पनि व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here