देश राप्रपाको नेतृत्वमा मात्र समृद्ध बन्न सक्छ : अध्यक्ष राजेन्द्र लिङ्गदेन

0
375

परासी, १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्गदेनले नेपाललाई समृद्ध देश बनाउन ठुला पार्टीहरुको विकल्प खोज्न आवश्यक रहेको आग्रह गर्नु भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओबादी लगायतका पार्टीहरुले देशलाई दुर्गतीको बाटो लगीरहेका उनीहरुको विकल्प खोज्न आवश्यक रहको भन्दै त्यो विकल्पको रुपमा राप्रपा पार्टी रहेको जिकिर गर्नु भयो ।

नवलपरासी पश्चिममा राप्रपाद्धारा आयोजित विशाल आमसभा सम्बोधन गर्न आउनु भएका पार्टी अध्यक्ष लिङ्गदेनले यि तिनवटै पार्टीहरु एकअर्काको विपल्क नरहेको बरु एउटै धारका पार्टी रहेकाले अहिलेसम्म देश समृद्ध हुन नसकेको आरोप लगाउनु भयो । उहाँले यि पार्टीहरुको नेतृन्वमा देशलाई समृद्ध बनेको देख्नु साँढेको टाँगमुनी दुध लिन बाल्टी थापे जस्तै रहेको जिकिर गर्दै देश बनाउन आगामी स्थानिय तथा संघिय निर्वाचनमा राप्रपा पार्टीलाई विश्वास गर्न आग्रह गर्नु भयो ।

सभा सम्बोधन गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा बढदो भ्रष्टाचार, हिंसा, अनियमिततालाई रोक्न राप्रपा पार्टी नै एक उत्तम विकल्प रहेको बताउदै यस पार्टीलाई एक पटक विश्वास गरेर परिवर्तन देख्न आग्रह गर्नु भयो । प्रवक्ता शाहीले देशमा शिक्षा, स्वास्थ्य कृषि र रोजगारमा प्रभावकारी परिवर्तन गर्न हामी संग ठोस योजनाहरु रहेको जिकिर गर्नु भयो ।

राप्रपा जिल्ला अध्यक्ष ओम बहादुर सिंहको अध्यक्षता तथा पार्टीका केन्द्रिय अध्यक्ष लिङ्गदेनको प्रमुख आतिथ्यतामा भएको विशाल आमसभामा करिब दुई सय व्यक्तिहरु पार्टीमा प्रवेश गरेका पार्टीको जिल्ला प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिनु भयो ।

सभामा पार्टीका बरिष्ठ उपाध्यक्ष ध्रुव बहादुर प्रधान, पार्टीका बरिष्ट नेता दिपक बोहरा, पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप उदय, पार्टीका केन्द्रि सदस्य ताहिर अलि लगायतले बोलेका थिए । कार्यक्रममा आगामी स्थानिय तहको निर्वाचनका लागि रामग्राम नगरपालिकाबाट प्रमुखमा रामभवन यादव, उप प्रमुखमा सम्झना चौधरीको उम्मेदवारी समेत घोषणा भएको पार्टी प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिनु भयो । सभामा विभिन्न समुदायको सांस्कृति झल्किने नृत्यहरु पनि प्रस्तुत भएको थियो । सभामा करिब १ हजार जना कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here