परासी कब्रिस्तानको भवन तथा गेट नगर प्रमुख नरेन्द्र गुप्ताद्धारा उद्दघाटन

0
55

परासी, १३ चैत । रामग्राम नगरपालिकामा नवनिर्मित कब्रिस्तान भवन र गेटको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले एक कार्यक्रम बिच उद्दघाटन गर्नु भएको छ । रामग्राम १२ पचगाँवामा रहेको मुस्लिम समुदायको कब्रिस्तानमा बनेको १ कोठे भवन र कब्रिस्तानको गेट नगर प्रमुख गुप्ताले एक कार्यक्रमका बिच शिलालेख अनावरण गरेर उद्दघाटन गर्नु भएको हो ।

कब्रिस्तान मुस्लिम समुदायका बितिको मान्छेलाई पुरी अन्त्येष्टी गर्ने ठाउँ हो । कब्रिस्तानमा भवन तथा गेट निर्माणका लागि रामग्राम नगरपालिकाले ८ लाख सहयोग गरेको छ भने कब्रिस्तान संरक्षण समितिले १ लाख ४८ हजार बराबरको श्रमदान र समुदायबाट सहयोग जुटाई निर्माण कार्य सम्पन्न गरिएको छ । निर्मित एक कोठे भवनमा कब्रिस्ताका रक्षकलाई बस्न र औजार लगायतका सरसमानहरु राख्न तथा कब्रिस्तानको संरक्षणका लागि पर्खाल सहितको गेट निर्माण गरिएको परासी कब्रिस्तान संरक्षण समितिका अध्यक्ष बदरे आलम अंसारीले जानकारी दिनु भयो ।

कब्रिस्तान संरक्षण समितिका अध्यक्ष बदरे आलम अंसारीको अध्यक्षता तथा रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको नवनिर्मित भवन तथा गेट उद्दघाटन कार्यक्रममा नगर प्रमुख नरेन्द्र गुप्ताले सबै समुदायको धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुको संरक्षणमा नगरपालिले अहम भुमिका खेल्दै आएको बताउनु भयो । नगर प्रमुख गुप्ताले मुस्लिम समुदायलाई ईस्लामको मुलमान्यतामा हिडन सुझाव दिदै उक्त समुदायको हकहित संरक्षणका लागि आफँु भरपुर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
कार्यक्रममा विशेष अतिथि सैयद रिजवान वारसीले मुस्लिम समुदायको हकअधिकार स्थापित गराउन सबै एकजुट हुन आग्रह गर्दै कब्रिस्तान तथा मस्जिद मदरसाको संरक्षणमा सुमदाय जुटन सुझाव दिनु भयो ।

कार्यक्रममा विशेष अतिथि संविधान सभा सदस्य हाजी अलाउद्दिन अंसारी, समाजसेवी ईजहार मिँया, अतिथि मौलाना मोहरम अलि, हाजी इस्हाक मिँया लगायतले यस कार्यको प्रशंसा गरे । कार्यक्रममा अतिथिहरुलाई मायाको चिन समेत प्रदान गरिएको समितिका सचिव साहरुख मोहम्मदले जानकारी दिनु भयो ।

भवन तथा गेट निर्माणमा समितिका अध्यक्ष बदरे आलम, उपाध्यक्ष आस्मा खातुन सचिव साहरुख मोहम्मद, कोषाध्यक्ष अलिरजा चुरिहार, सदस्य सैयद सद्दाम हुसैन, अब्दुल गफुर वारसी, हदिस अंसारी, साईबा मिँया, वाजिद मिँया, नाजेरा खातुन, बद्दरुद्दिन धोवी र निर्माण समितिका अध्यक्ष बदरी आलम ईद्री लगायतले निकै मिहिनेत गरि सफलता पाएका हुन् । यसमा परासीका मुस्लिम समुदायबाट पनि सहयोग जुटेको तबरेज आलमले जानकारी दिनु भयो । यो कार्य यसरी धार्मिक क्षेत्रहरुको संरक्षणमा मुस्लिम समुदायहरु सम्बन्धित निकायबाट सहयोग लिने र संरक्षणमा जुटने एक सन्देश पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here