रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा

0
89

परासी १२ चैत्र । रामग्राम नगरपालिका आज एक भव्य समारोहका बिच बालमैत्री नगर घोषणा भएको छ । नवलपरासी जिल्ला सदरमुकाम परासीमा आयोजित रामग्राम नगरपालिकालाई बालमैत्री नगर घोषणा समारोहमा प्रमुख अतिथि एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले घोषणा पत्र पढेर घोषणा गर्नु भएको हो । रामग्राम नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्दै मुख्यमन्त्री केसीले रामग्राम नगरपालका र सम्पुर्ण नगरबासीहरुलाई बधाई तथा शुभकामना पनि ज्ञापन गर्नु भयो । मुख्यमन्त्री केसीले समारोहलाई सम्बोधन गर्दै लुम्बिनी सरकार समग्र क्षेत्रको विकासका कार्यमा अगाडी बढिरहेको जिकिर गर्नु भयो । रामग्राम नगरपालिकाले ताकिएको ५१ वटा सुचक पुरा गरेपछि आज भव्य समारोहका बिच बालमैत्री नगरपालिका घोषणा भएको हो । रामग्राम नगरपालिका जिल्लाको दोश्रो बालमैत्री नगर बनेको छ ।

बालमैत्री घोषणा समारोहका अध्यक्ष एवं रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले आफनो प्रतिवेदन प्रस्तुत गर्दै यसको निरन्तरताका लागि आगामी ५ बर्षको लागि ७ करोड बढि बजेटको रणनैतिक योजनाहरु समेत बनाई सकिएको जानकारी दिनु भयो ।
नगर बालमैत्री घोषणा भएपछि अतिथि र सहभागीहरुले यसको निरन्तरता र दिगोपनाका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए । रामग्राम नगरपालिकामा कुल १८ वटा वडाहरु रहेको छ ।

नगरमा बालमैत्री स्थानिय शासनका क्षेत्रहरु मध्य बालबचाउ, बाल संरक्षण, बालविकास, बाल सहभागिता र संस्थागत विकासका गरि कुल ५१ वटा सुचकहरु पुराभएपछि आज नगरपालिका बालमैत्री नगर घोषणा भएको छ । रामग्राम नगरपालिकामा कुल १०२ वटा बालक्लबहरु रहेका छन् भने नगरपालिकामा कुल २० हजार ८ सय २६ रहेका छन् । कार्यक्रममा बालमैत्री नगर बनाउनमा भुमिका खेल्ने, पत्रकार, शिक्षक, विद्यालय, समाजसेवी, कर्मचारी लगायतहरुलाई सम्मान पनि गरिएको थियो ।

बालमैत्री घोषणा कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यद्धय बैजनाथ चौधरी, बैजनाथ जयसवाल, संविधानसभा सदस्य विक्रम खनाल, राजनितिक दलको तर्फबाट पुरन चौधरी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, उद्योग बाणिज्य संघका महासचिव गिरीराज पाण्डे, नगर शिक्षा अधिकारी रुद्र प्रसाद रेग्मी लगायतले शुभकामना सहित बधाई ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here