रामग्राम नगरपालिकाद्धारा वडा वडामा स्वास्थ्य सेवा विस्तार : नगर प्रमुखद्धारा स्वास्थ्य केन्द्रहरुको उद्घाटन

0
432


परासी, १० चैत । रामग्राम नगरपालिकाले सबै वडामा स्वास्थ्य उपचार सेवा पु¥याएको छ । आफनो नगरबासीहरुलाई प्रभावकारी स्वास्थ्य उपचार सेवा प्रदान गर्न नगरपालिकाले ९ वटा वडामा आधारभुत स्वास्थ्य केन्द्र संचालन गरेको छ भने अरु वडामा रहेका स्वास्थ्य चौकीहरुलाई स्तरउन्नती गर्दै सेवा प्रदान गरिरहेको छ ।

विहिवार मात्र नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले वडा नं. १ को सण्डामा, वडा ६ को पोखरापाली र वडा ९ को जोकवारमा नवनिर्मित भवन सहित आधारभुत स्वास्थ्य केन्द्रको विधिवत रुपमा उद्दघाटन गरि सेवा सुचारु गराउनु भएको छ । नगर प्रमुख गुप्ताले औपचारिक रुपमा कार्यक्रम संचालन गराई ति ३ वटै आधारभुत स्वास्थ्य केन्द्रको उद्दघाटन गर्दै ति वडाका वडाबासीहरुले ति केन्द्रबाटै उपचार सेवा लिन लिई लाभलिन आग्रह गर्नु भयो । सम्बन्धित वडाका वडा अध्यक्षहरुको अध्यक्षतामा भएको उद्दघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नगर प्रमुख गुप्ताले स्वास्थ्य क्षेत्र अति संवेदनशिल क्षेत्र रहेकाले नगरका सबै नागरिकहरु आफनो दैलोमै आधारभुत उपचार पाउनु पर्ने उद्देश्यका साथ सबै वडाहरुमा प्रभावकारी सेवा प्रदान गर्न ति स्वास्थय केन्द्रहरु स्थापना गरिरहेको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रको विस्तारले ति वडाका वडाबासीहरु, अरु वडाका स्वास्थ्य चौकी तथा बजार मेडिकल र अस्प्तालमा गएर औषधी उपचार लिने समस्या सामाधान भएको र यस स्वास्थ्य केन्द्रहरुबाट सेवा लिई लाभ लिन वडाबासीहरुमा आग्रह गर्नु भयो ।

नगरपालिकाले विगत ५ बर्षको दौरानमा वडा नंं १, २, ४, ६, ९, १२, १३ र १५ मा गरि कुल ९ वटा वडामा आधारभुत स्वास्थ्य केन्द्र संचालनमा ल्याएको छ । ति स्वास्थ्य केन्द्रहरुमा पनि प्रसुती बाहेकका सबै प्रकारका उपचार सेवा र औषधीहरु वितरण हुने स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट सुरज गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार ति केन्द्रहरु हेल्थ असिस्टेन्टको नेतृत्वमा एकजना स्टाफ नर्स, एकजना कार्यालय सहयोगी सहितको जनशक्ति रहेको छ भने अबका दिनबाट कोभिड–१९ लगायतका नियमित खोप र कार्यक्रमहरु पनि संचालन हुने गौतमले जानकारी दिनु भयो । केहि बाकि रहेका स्वास्थ्य केन्द्रहरुको पनि केहिदिनमै उद्दघाटन गरि सेवा सुचारु गर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले जेष्ठ नागरिक संग मेयर कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण र औषधी वितरणका कार्यहरु पनि गर्दै आएको छ भने सुत्केरीहरुलाई पोषण खाद्यपदार्थ, गर्भवतिहरुलाई आईरन, क्याल्सियम लगायतका भिटामिनका औषधीहरु वितरण गर्दै आएको छ ।
पोखरा पाली आधारभुत स्वास्थ्य केन्द्रको उद्दघाटन कार्यक्रममा विशेष अतिथि नगर उप प्रमुख रम्भा कुँवरले पनि यस स्वास्थ्य केन्द्रहरुबाट यहाँका जनताहरुले प्रत्यक्ष रुपमा स्वास्थ्य लाभ लिने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा वडा अध्यक्ष जितेन्द्र प्रसाद अग्रहरी, सुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज सिअहेब अधिकृत बलराम सापकोटा, उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेश गुप्त, समाजसेवी बुद्धन अलि लगायतले नगरपालिकाद्धारा विस्तारित स्वास्थ्य क्षेत्र जनताका लागि निकै लाभदायी रहेको विश्वास व्यक्त गरे । स्वास्थ्य क्षेत्रमा रामग्राम नगरपालिका अव्वल नगरपालिका रहेको यसको व्यवस्थापनमा पनि जनप्रतिनिधि र कर्मचारीले गम्भीरता पुर्वक ध्यान दिईरहेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here