चैत २० गते रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा हुदै : घोषणा गर्न मुख्यमन्त्री केसी आउदै

0
66

परासी १० चैत्र । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले तोकिएको बालमैत्रीका ५१ वटै सुचक पुरा गरेपछि बालमैत्री नगरपालिका घोषणाको तयारीमा पुगेको छ । बालमैत्री स्थानिय शासन कार्यान्वयन निर्देशिका २०७८ ले तोकिएको ५१ वटा बालमैत्रीका सुचक पुरा भएपछि नगरपालिका यहि चैत २० गते बालमैत्री नगरपालिकाको रुपमा घोषणा हुन लागेको हो ।

रामग्राम नगरपालिकालाई बालमैत्री नगर बनाउन विगत ५ बर्ष अगाडी देखि चल्दै आएको बालमैत्री अभियानले सफलता पाएपछि रामग्रामलाई बालमैत्री नगरपालिका घोषणा गर्न लागिएको रामग्राम नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो । उहाँकाले सम्मेलनमा बालमैत्री नगरपालिका घोषणाको सबै तयारी समेत पुरा भईसकेको बताउदै घोषणाका लागि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसी आउने र यस घोषणा समारोहमा सबै नगरबासीको महत्वपुर्ण उपस्थितीका लागि आग्रह पनि गर्नु भयो ।
यो नगरपालिका बालमैत्री घोषणा भएपछि जिल्लाको दोश्रो बालमैत्री नगरपालिका हुनेछ । नेपालकै पहिलो बालमैत्री नगरपालिका यसै जिल्लाको पहिलो बालमैत्री नगरपालिका सुनवल रहेको छ ।

रामग्राम नगरपालिकामा कुल १८ वटा वडाहरु रहेको र सबै वडामा बालमैत्री स्थानिय शासनका ५१ वटै सुचकहरु पुरा भएपछि लुम्बिीनी प्रदेश सरकारले बालमैत्री नगर घोषणाका लागि स्वीकृति दिएपछि नगर घोषणा हुन लागेको छ । बालमैत्री स्थानिय शासनका क्षेत्रहरु मध्य बालबचाउ, बाल संरक्षण, बालविकास, बाल सहभागिता र संस्थागत विकासका गरि कुल ५१ वटा सुचकहरु छन् जुन ५१ वटै सुचकहरुमा मध्ये कुनै सुचक ८० प्रतिशत, कुनै ९० र कुनै सुचकमा १०० प्रतिशत उपलब्धी रहेको पत्रकार सम्मेलनमा नगर शिक्षा अधिकारी एवं बालमैत्रीका फोकल पर्सन रुद्र प्रसाद रेग्मीले सम्मेलनमा जानकारी दिनु भयो ।

नगर शिक्षा अधिकारी रेग्मीले, आगामी ५ वर्षका लागि ७ करोड बढि बजेटको बालमैत्रीका रणनैतिक योजनाहरु समेत बनाई सकिएको र यसको निरन्तरता र दिगोपनाका लागि आवश्यक जनशक्ति र बजेटहरुको व्यवस्थापन समेत गर्ने योजना बनीरहेको जानकारी दिनु भयो ।
रामग्राम नगरपालिकामा बिद्यालय र टोलगरी १०२ वटा बालक्लबहरु रहेका छन् जसमा वडास्तरीय १८ वटा बालक्लब र नगरस्तरीय बालसंजाल १ वटा रहेका छन् । नगरपालिकामा १८ बर्ष मुनिका बालबालिकाको संख्या कुल २० हजार ८ सय २६ रहेको छ । यो अभियान सफल पार्न नगरपालिकाले हरेक वडामा बाल सहजकर्ता तथा बालमैत्री स्वयंसेवक परिचालन गरिएकाे प्रमुख प्रशासकिय अधिकृत राकेश पांडेले जानकारी दिनु भयाे । रामग्राम नगरपालिका बालमैत्री नगरपालिका घोषणा भएपछि पालिकाको संस्थागत विकासको एउटा खुडकिला पार गर्ने विश्वास रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here