परासी,९ भदौ । जिललाको पाल्हीनन्दन गाउपालिकामा बढदै गएको अनियमितता र भ्रष्टाचारको विरोधमा स्थानिय स्तरमा गठिन समानान्तर गाउपालिका सरकारले प्रजिअ र जिससलाई ज्ञापनपत्र बुझाएको छ । गाँउ गाँउबाट आएका सर्वसाधारणले गाउपालिकाले चर्को कर वृद्धि गर्ने र कर वापत उठेको राजस्वबाट विलासितामा खर्च गर्दै अनियमितता गरेको भन्दै समयमै सचेत गराउनका लागि ज्ञापनपत्र बुझाएका हुन् ।
यस अगाडी नै स्थानिय रानजीतिक दलका प्रतिनिधि र समाजसेवीले गाउपालिकाको अनियमितता रोक्न चेतावनी दिएका थिए । तर गाउपालिका अध्यक्ष लगायत जनप्रतिनिधिले वेवास्ता गर्दै आए पछि सरकार समेत गठन गरेका छन् । गाउपालिकामा बढेको जनप्रतिनिधिको मनोमानी र अनियमितता तथा भ्रष्टाचार रोक्न गाउ सरकार प्रमुख धरेन्द्र यादव सहितको टोलीले प्रजिअ देवेन्द्र लामिछाने र जिसस प्रमुख शिव शंकर रायलाई छलफलको माध्यमले निकास निकाल्न आग्रह गरेका थिए । गाँउमा जनआक्रोस बढदै गएको छ, यादवले भने, त्यही भएर हामीले जिल्ला स्तरको प्रशासनिक निकाय र जनप्रतिनिधिको समन्वयकर्ता कार्यालयलाई जानकारी गराएका छौ । बेलामा यि निकायले पनि पहल गरेन भने आक्रोस पछि भिडमा बदलिए भने ठूलो नोक्सानी ब्यहोर्न पर्छ । त्यो बेला फेरी यि प्रशासनिक र समन्वयकर्ताको औचित्यता सकिने उनले चेतावनी पनि दिए ।
जनताको करबाट खरिद गरिएका सवारी साधनको दुरुपयोग गर्दै सुनवल स्थित घर लैजाने,पार्टीका कार्यकर्ता ओसार्ने र कर्मचारी पनि बुटवल भैरहवा लिएर घुम्न जाने जस्ता अनियमित कार्य गरेका छन् । रोक्नका लागि पहिला स्थानिय तहमै जानकारी गराईयोको थियो, उनले भने, तर अध्यक्षको आफ्नै साँढे जस्तो भएर हिड्ने कृयाकलापले जनता आक्रोसित छन् । सरकारले दिइने विकास अनुदानका कार्यक्रममा जनप्रतिनिधिहरुकै आफन्तले ठेक्का पट्टा गर्ने खाने गरेका छन् । कमसल र गुणस्तरहिन काम भएका छन् ।
त्यसबारे पनि अब समानान्तर सरकारले अनुगमन गर्नेछ, यादवले भने, । राम्रो भए धन्यवाद, घोटाला भए करवाहीको सिफारिस मातहतका निकायबाट कारवाही नभए जनताले आफै कारवाही गर्नेसम्मका चेतावनी दिएका थिए । ठाँउ ठाँउमा भएको अनियमितता र भ्रष्टाचारले थलिदै गएको गाउपालिका विरुद्ध २७ वटा मुद्दा विभिन्न निकायमा चल्दै आएको छ ।
कानुनी बाटो अपनाएर सुधार गर्न खोज्दा अध्यक्ष बैजु प्रसाद गुप्ताले उल्टै यस्तो मुद्दाले मेरो केही विगार्न नसक्ने भन्दै हिडे पछि जनतामा झन आक्रोस बढेको हो, सरकारका सदस्य राजेन्द्र सहानीले भने, अति भएका कारण सबै दल र समाजिक ब्यतिmत्वलाई समेटेर जनताको आवाज सम्बन्धित निकायसम्म पुर्याउन सरकार बनेको छ । अब सरकारले आफ्नो काम शुरु गर्नु भन्दा पनि एक पटकलाई सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको छ ।
जनताकै लागि आएको विकास निर्माण आयोजनामा सिधै कमसिन माग्ने,नदिनेलाई योजना सम्झौता नगरिदिनेसम्मका कुकृत्यमा लागेको आरोप पनि समानान्तर सरकारले लगाएको छ । कमिसन आउने ठाँउमा २५ लाखसम्मका योजना उपभोतmालाई दिइने नपाउने ठाँउमा ५ लाखका योजना पनि टेण्डर गरेर ठेकेदार मार्फत कमिसन लिईने प्रवृति मौलाउदै गएको आरोप जनताले जगाउन थाले पछि त्यसको छानविनका कार्य पनि अब समानान्तर सरकारले गर्ने सदस्य सहानीले बताए । अध्यक्षको ज्यादती अब धेरै दिन टिक्दैन, उनले भने, अझै पनि जनप्रतिनिधिलाई सुधर्ने मौका छ, नियमन गर्ने निकायलाई पनि अवसर छ । होइन भने,त्यस पछिको आउने परिणाम सबैका लागि अप्रिय हुन सक्ने उनको भनाई थियो ।