परासीको बाईपास चोकको नामाकरण “रामग्राम” चोक

0
664


परासी, ८ भदौ । जिल्लाको रामग्राम नगरपालिका ५ परासी स्थित बाईपास चोकलाई रामग्राम चोक भनेर नमाकारण गरिएको छ । संघिय साँसद तथा पुर्व गृहराज्य मन्त्रि देवेन्द्रराज कण्डेलले बाईपास चोकमा रामग्राम चोकको बोर्ड स्थापना गरेर सो चोकको नामाकरण गरेका हुन् ।

विगत बर्ष देखी बाईपास चोक र बालगोविन्द चोक भनेर चिनिने सो चोक भएर भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप जाने हुदा सो चोकको नामाकरण रामग्राम चोक गरिएको साँसद कण्डेलले जनाए । भैरहवा –भुमही र सुनवल – महेशपुरको क्रस सो चोक अब देखी रामग्राम चोकको रुपमा रहने उनले जानकारी गराएका थिए ।

रामग्राम चोकको बोर्ड राखेर उदघोषसंगै चोकबाट स्तुप जाने तर्फ एक रामग्राम प्रवेशद्धारको पनि निर्माण गर्नका लागि आवश्यक ब्यवस्था मिलाउने घोषणा पनि गरेका हुन् । रामग्राम चोकले रामग्राम स्तुपको समेत पहिचान गराउने र आउने पर्यटकका लागि पथ प्रदर्शकको पनि काम गर्नेछ, उनले भने, यसै गरि कोलिय गणराज्यको राजधानी पण्डितपुर देखी रामग्राम जोडेर देश विदेशबाट आउने बौद्धमार्गी तथा पर्यटकलाई पनि सहज हुन्छ ।

उनले राजनीतिक प्रसंगलाई पनि जोड्दै जननिर्वाचित जनप्रतिनिधिलाई जनताको चाहना अनुसार सेवामा लाग्नका लागि आग्रह गरे । जथाभावी करको भार थुपारेर जनताको सेवा हुदैन्, उनले चेतावनी दिदै भने, अहिले पदमा बसालेका तिनै जनता हुन,पाँच बर्ष पछि हटाउने पनि उनिहरुको हातमा अधिकार छ ।

त्यो भएर विचार पुर्याएर मात्र काम गर्न स्थानिय तहका जनप्रतिनिधिलाई सुझाव दिए । अहिले जनताबाट कर उठाएर विलासीतामा लाग्ने जनप्रतिनिधि भोली तिनै जनतामा जाने कुरा प्रति पनि हक्का राख्न आवश्यक छ । अहिले जनता सरकार र जनप्रतिनिधि मिलेर विकास पुर्वाधार र जिवनस्तर उकास्ने बेला हो, उनले थपे, यहाँ कोही शासक र शासितको भाव राख्न हुदैन् । यस्ले मुलुकको विकास पनि हुदैन् ।

रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाको आयोजनामा भएको रामग्राम चोक नामाकरण समारोहमा राजनीतिक दलका प्रतिनिधि,जिल्ला समन्वय समितिका प्रमुख शिव शंकर राय,५ नंं.प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवाल लगायतले रामग्राम चोक नामाकरण भएकोमा शुभकामना मन्तब्य ब्यतm गरेका थिए । कार्यक्रममा रामग्राम नगरपालिकाको तर्फबाट मेयर,उपमेयरको उपस्थिती नभए पछि अधिकाँस वार्ड अध्यक्षहरु उपस्थित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here