नवलपरासी सेवा समाज युएई द्धारा मिर्गाैला पिडितलाई अार्थिक सहयाेग

0
379

महेश यादव –

परासी,५ चैत । पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर -१ बस्ने दुबै मिर्गाैला विग्रेकाे सार्की लाई नवलपरासी सेवा समाज युएई द्धारा नगद हस्तान्तरण गरिएको छ । सरावल गाउँपालिका वडा नम्बर -१ निवासी ४३ वर्षिय दुबै मिर्गाैला बिग्रेकाे मनकुमारी सार्कीलाई नवलपरासी सेवा समाज युएई द्धारा नगद रु २५००० सहयोग हस्तान्तरण गरिएको हाे ।

नवलपरासी सेवा समाज युएईका महासचिव कृष्ण प्रसाद बास्ताेलाकाे अध्यक्षता तथा सरावल -१ का वडा अध्यक्ष भेषनारायण चाैधरीकाे प्रमुख अतिथतामा नगद हस्तान्तरण गरिएको हाे । साे अवसरमा बाेल्दै प्रमुख अतिथि चाैधरीले गरिब ,विपन्न तथा दिनदुखिकाे दुखमा सहयोग गर्दै आईरहेकाे नवलपरासी सेवा समाज युएईले दुबै मिर्गौला पिडित सार्कीलाई नगद रु २५००० हस्तान्तरण गरेको भन्दै खुसि ब्यक्त समेत गर्नुभएको थियो । साथै उहाँले अगामि दिनमा समेत समाजले साथ सहयोग गर्ने अपेक्षा समेत राख्दै समाजका सम्पूर्ण टिमलाई धन्यवाद दिनुभयो । साथै आफू समेत साथ सहयोग गर्ने बताए । कार्यक्रममा नवलपरासी सेवा समाज युएईका प्रतिनिधि युवराज पुन ,सांस्कृतिक विभाग प्रमुख शान्ति ढकाल ,सदस्य कृष्ण प्रसाद तिवारी लगाएतकाे अतिथिहरुकाे उपस्थित रहेको थियो । युक्त कार्यक्रम सञ्चालन सगरमाथा युवा क्लबका अध्यक्ष टापेन्द्र प्रसाद न्याैपानेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here