पाल्ही क्याम्पसलाई रामग्राम नगरपालिकाद्धारा पुस्तक हस्तान्त्रण

0
47

परासी, २ चैत्र । रामग्राम नगरपालिकाले पाल्ही बहुमुखी क्याम्पसका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण र क्याम्पसलाई पुस्तक हस्तान्त्रण गरेको छ । मंगलबार क्याम्पक संचालक समितिका कार्यबाहक अध्यक्ष गजानन्द पटेलको अध्यक्षता तथा रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आथित्यतामा आयोजित मेयर छात्रवृत्ति तथा पुस्तक वितरण कार्यक्रममा छात्रवृत्ति र पुस्तक वितरण गरिएको हो ।

नगरपालिकाले क्याम्पसको शैक्षिक गुणस्तर सुधार्न र विद्यार्थीहरुको पठनपाठनमा सहज होस भनि क्याम्पसको पुस्तकालयमा ५ लाख रुपैया बराबरको एजुकेशन तथा म्यानेजमेन्ट फेकल्टीका विभिन्न सब्जेक्टिभ पुस्तकहरु नगर प्रमुखले हस्तान्त्रण गर्नु भएको हो । त्यस्तै छात्रवृतिका लागि क्याम्पसले गराएको आन्तिरिक प्रतिस्पर्धा मार्फत छनौट भएका बिएड र बिबिएसका तर्फबाट गरि कुल ४० जना छात्रछात्रालाई ५ हजारका दरले मेयर छात्रवृत्ति पनि नगर प्रमुख गुप्ताले वितरण गर्दै अध्ययनमा ध्यान दिन विद्यार्थीहरुलाई आग्रह गर्नु भयो ।

मेयर छात्रवृत्ति पाएपछि विद्यार्थीहरु खुशी हुदै थप उर्जा मिलेको बताए । कार्यक्रममा छात्रवृत्रि र पुस्तक वितरण गर्दै नगर प्रमुख नरेन्द्र गुप्ताले यस क्याम्पसको पुर्वाधार विकास र शैक्षिक गुणस्तरका लागि नगरपालिकाले भरपुर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै क्याम्पसका विद्यार्थीहरुलाई ओसार्न बस समेत खरिदका लागि अनुदान रकम क्याम्पसलाई दिइसकिएको जानकारी दिनु भयो ।

कार्यक्रममा नगरपालिकाको शिक्षाशाखा प्रमुख नगर शिक्षा अधिकारी रुद्र प्रसाद रेग्मीले नगरभित्रका क्याम्पस र विभिन्न विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पुर्वाधार, शिक्षक दरबन्दी, छात्रवृत्ति, अनुदान र पुस्तक तथा प्रशिक्षण सामाग्रीहरु नगरपालिकाबाट सहयोग गर्दै आइएको जानकारी दिनु भयो । कार्यक्रममा क्याम्पस प्रमुख कैलाश ठाकुरले मेयर छात्रवृत्ति र पुस्तक हस्तान्त्रण एक एतिकासिक कार्य रहेको प्रशंसा गर्दै यसको निरन्तरका लागि नगर प्रमुखलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा क्याम्पस संचालक समितिका कार्यवाहक अध्यक्ष गजानन्द पटेल, लेखा संयोजक अनिल कुमार गौड, संचालक समिति सदस्य संजय कुमार शर्मा लगायतले क्याम्पसको चौतर्फि विकासका लागि रामग्राम नगरपालिका सहित यहाँका सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहेको जिकिर गरे ।
मेयर छात्रवृत्ति वितरण र पुस्तकालयमा पुस्तक आएपछि क्याम्पसमा अध्ययनरत विद्यार्थीमा उत्साह थपिएको र पठन पाठनमा निकै सहज हुने विद्यार्थीहरुको विस्वास छ । यस क्याम्पसमा ग्रमिण क्षेत्रका विद्यार्थीहरु बढि रहेकाले आर्थिक कमोजरीका कारण पुरै पुस्तक किन्न सक्ने अवस्था नभएकाले यि प्राप्त पुस्तबाट उनीहरुलाई पठन पाठन निकै सहज हुने विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here