पृथ्वीचन्द्र अस्पतालमा अध्यक्ष महेन्द्र गुप्तालाई अस्पतालमा स्वागत

0
336

परासी, २९ फागुन । पृथ्वीचन्द्र अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष महेन्द्र प्रसाद गुप्तालाई अस्पतालले स्वागत गरेको छ । अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त महेन्द्र गुप्तालाई आज एक कार्यक्रम बिच अस्पतालका मेडिकल सुपरिटेन्डेट डाक्टर मोहम्मद नुरुलहोदाले खादा माला लगाई स्वागत गर्दै अध्यक्षको पदभार ग्रहण गराएका हुन् । पदभार ग्रहण गर्दै अस्पताल विकास समितिका अध्यक्ष गुप्ताले अस्पतालको समग्र विकास र सेवालाई थप प्रभावकारी बनाउन लागी पर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । अध्यक्ष गुप्ताले अस्पतालको पुर्वाधार विकास र उपचार सेवा विस्तारका लागि सम्बन्धित मन्त्रालय, विभागमा बजेटको माग गर्ने र सेवा प्रभाकारी बनाउन विभिन्न आवश्यक विद्याका विशेषज्ञ, चिकित्सक र जनशक्ति समेतको माग गरि यसको सेवा विस्तार गर्ने कार्य आफनो प्राथमिकतामा रहेको विश्वास दिलाउनु भयो ।


समितिका अध्यक्ष गुप्तालाई स्वागत गर्दै मेसु डाक्टर होदाले, अस्पतालले प्रवाह गरिरहेको सेवा र यसका चुनौतीका विषयमा जानकारी गराउनु भयो । अस्पतालका मेसु डाक्टर होदाले अस्पतालको सेवा विस्तार गर्न र थप प्रभावकारी बनाउन थप विशेषज्ञ र चिकित्सिकहरुको आवश्यक्त रहेको जानकारी दिदै यसको विकासका लागि सबै राजनितिक दल र सुभेच्छुकहरुको सहयोग अपरिहार्य रहेको जिकिर गर्नु भयो ।
स्वागत कार्यक्रममा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले यस अस्पतालको विकासका लागि आफुँ र आफनो पार्टी अग्रसर रही काम गर्ने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष यादवले अस्पतालमा भैरहेको लापरवाही घटाउन र उपचार सेवालाई व्यस्थित गरि विश्सासिलो सेवा प्रदान गर्न अध्यक्ष र अस्पतालका चिकित्सहरुलाई सुझाव दिनु भयो । स्वागत कार्यक्रममा जसपाका विभिन्न नेता, कार्यकर्ता, अस्पतालका चिकित्स, समाजसेवी र पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारीले संचालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here