नवलपरासीमा तस्करी मौलायो : साढे ३ लाखको अवैध मालसमान बरामद

0
448

महेसपुर, ७ भदौ । सिमा प्रहरी चौकी महेसपुरले सिमा क्षेत्रबाट करिब साढे ३ लाख बराबरकोे अवैध मालसमान बरामद गरेको छ । चौकीका प्रहरी निरिक्षक केशव ज्ञवालीको कमाण्डमा खटिएको गस्ती टोलीले सिमा क्षेत्रबाट कपडा लत्ता, मरिच गरि ३ लाख ५८ हजारको अवैध मालसमानहरु बरामद गरेको छ ।
भन्सार छली भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा प्रहरीले ६४० मिटर रङ्गिन कपडा, ३०४ मिटर थान कपडा, १८ पिस लेडिज सुट, २७ पिस सारी, १८५ पिस बोलबम टिसर्ट, ५० पिस लेडिज टप्स र ३३५ केजी मरिच बरामद गरि आवश्यक कार्वाहीको लागि भैरहवाँ भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
प्रहरीले ति अवैध मालसमान सहित १ थान टिभिएस स्कुटर पनि बरामद गरेको छ । यतिबेला सिमा क्षेत्रमा मालसमानहरुको चोरी तस्करी निकै मौलाएको छ । सिमा क्षेत्रमा शसस्त्र प्रहरी र नेपाल प्रहरीको ठाउँठाउँमा चौकी तथा क्याम्प रहेपनि दिनहुँ लाखांैको मालसमानहरु भन्सार छली नेपाल– भारत भित्राउने गरिएको छ । प्रहरीले अहिलेसम्म कारोबारीहरुलाई नियन्त्रणमा लिन सकेको छैन जसकारण प्रहरीलाई चोरी तस्करी नियन्त्रण गर्न निकै चुनौती भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here