परासी , १५ फाल्गुन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा गाउँपालिका स्तरीय सहकारी अन्तरक्रिया तथा सन्जाल गठन कार्यक्रम सम्पन्न भएको छ। सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयकाे अध्यक्षतामा गाउँपालिका अन्तर्गत २३ वटा सहकारीकाे अध्यक्ष र ब्यवस्थापककाे उपस्थितिमा अन्तरक्रिया तथा सन्जाल गठन कार्यक्रम सम्पन्न भएको हाे।
गाँउपालिका स्थित बिभिन्न सहकारी संस्थामा आबद्ध सहकारीहरुको भेलाले पालिका स्तरीय सन्जालकाे संयाेजकमा डिल्लीराम काफ्ले चयन हुनुभएको हाे । त्यस्तै सहसंयाेजकमा धन कुमारी न्याैपाने , सचिवमा रणजित कुमार यादव , काेषाध्यक्ष सरस्वती क्षेत्री र सदस्यमा ममता भारती , जय प्रमास जैसवाल ,धर्मदेव कुर्मी , रामकिसुन भेडिहार ,भिमलाल मुखिया लगाएत चयन हुनुभएको कृषि शाखा प्रमुख अर्चना अाचार्यले जानकारी दिनुभएको हाे।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले नवगठित समितिका पदाधिकारीलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै सहकारी क्षेत्रले नै बलियो अर्थतन्त्रको बिकास समाजमा स्थापित गर्न सकिने र समृद्ध समाजको सपनालाई साकार पार्न सकिने भनाई राख्नु भएको थियो । सहकारी अगाडि बढाउनमा गाउँपालिकाबाट सकारात्मक भुमिका रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियाे।
पालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनीले सहकारीहरु बचत र ऋण प्रवाहमा मात्र केन्द्रित भएकाले उत्पादनशील काम गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलले सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन सफल भएको बताउदै महिला दिदीबहिनीहरुलाई सक्षम बन्नुकाे साथै पैसाको बचत गर्ने बानीको विकास गरेको उहाँले बताउनुभयो । सहकारीलाई एकिकृत गरि समृद्ध पालिका बनाउन समेत अाफु लागिपरेको बताउनु भएको हाे ।
कार्यक्रममा नवलपुर बचत संघका सचिव राजन अाचार्यबाट स्थानीय बिकासमा सहकारीको भुमिकाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियाे । साथै प्रदेश सहकारी संघका अध्यक्ष रामप्रसाद काफ्लेले सहकारी संजाल गठन र यसको उद्देश्यबारे जानकारी गराउनु भएको थियाे ।