मुस्लिम समुदायको महान पर्व बकरईद बुधबार मनाईदै

0
576

परासी, ५ भदाै । मुस्लिम समुदायको दोश्रो महान पर्व ईदुलअजहा अर्थात बकरईद बुधबार देशभरि मनाइदै छ । अरबी तारिखको १२ आै महिनाको १० तारिखको दिन विश्व भरिका मुस्लिम समुदायहरु नमाज पढेर शुभकामना आदान प्रदान गरि बकरईद पर्व मनाउने गरेका छन् ।

मुस्लिमहरु ईदगाहमा बकरईदको नमाज पढेर आ–आफनो घर–घरमा मिठो पक्वान सेवई संगै खशीबोका काटेर मिठो मिठो पकवान पकाई साथी भाईहरुलाई खुवाउदै शुभकामना आदान प्रदान गर्दछन् । बकरईदको दिन विहान देखि सेवई खाने र खशी बोका काटी साथीभाई, गरिब दुखियालाई खुवाउने र एक अर्कालाई शुभकामना आदान प्रदान गरि सो पर्वलाई मनाउने गरेको फैजाने अहले बैत संस्थाका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले बताए ।

स्लाम धर्म अनुसार बकरईद पर्व ३ दिनसम्म लगातार मान्ने गरिन्छ । यस बकरईद पर्वमा खशीबोको कुरबानी (काटने) इस्लाम धर्म अनुसार प्रत्येक सम्पन्नशाली मुस्लिम वर्गमाथि अनिवार्य मानिन्छ । यो पर्व पैगम्बर हजरते ईबराहिम अलैहिस्सलामको यादलाई ताजा गर्न र अल्लाह पाकलाई खुशी बनाउनको लागि यस्तो क्रियाक्लाप गरिन्छ । यस पर्वमा गरिब दुखियालाई दानपुन गर्ने, नमाज पढने, कुरबानी गर्ने, सार्थीभाईलाई शुभकामना दिने समेतको काम गरिने धर्मावलम्बी गुलाम हुसैनले बताए । यसै महिना हज पनि गरिन्छ । विभिन्न देशबाट साउदी अरबको मक्का मदिना हज गर्न पुगेका हज यात्रीहरु यसै महिनामा हज गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here