परासी, फागुन ७ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ले छोरी पढाउ छोरी बचाउ अभियान सञ्चालन गरि छोरीको नाममा पच्चीस हजार रकम अनुदान दिने भएको छ । छोरी बचाऊ, छोरी पढाऊ, भन्ने अभियान संचालन गरि रामग्राम नगरपालिकाले नगरपालिका भित्र जन्मेका वा जन्मने छोरीहरुका परिवारलाई २५ हजार रुपियाँ रकम बैंकमा जम्मा गरिदिने निर्णय गरेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बताउनु भएको छ । तराई मधेश क्षेत्रमा रहेको रामग्राम नगरपाकिलामा अधिकांश तराई मुलका मानिसहरुको बसोबास रहेको अवश्थामा यहाँको समाजमा छोरी प्रति अलि नकारात्मक भावना रहेको हुनाले छोरीको शिक्षाको क्षेत्रमा एउटा जागरण ल्याउने उदेश्यका साथ नगरपालिकाले बेटी पढाओ, बेटी बचाओ (छोरी पढाऔं, छोरी बचाऊ) भन्य अभियान शुरु गरेको नगरपालिका प्रमुख गुप्ताले बताउनु भयो ।
रामग्राम नगरपालिका भित्र गत साउन १ गते देखी जन्मेका सबै छोरीहरुको घर परिवारहरुलाई नगरपालिकाले २५ हजार रुपियाँ रकम बैंक खातामा राखीदिने ब्यावस्था मिलाईएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले बताउनुभएको छ । गत साउन महिनाको १ गते देखी जन्मेका छोरीहरुको विषयमा यो कार्यक्रम लागु हुने गरि रामग्राम नगरपालिकाले छोरी जन्माउने दम्पतिलाई दुई छोरी जन्मदा सम्मका लागि यो रकम दिने नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभएको छ ।
छोरी जन्मेको परिवारका लागि छोरीको जन्म दर्ता प्रमाण पत्र एवं अविभावकको नागरिकता पेश गर्नु पर्ने प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डे ले बताउनुभएको छ । छोरी र छोरीको अविभावकको संयुक्त नाममा बैंकमा मुददती खातामा यो रकम जम्मा हुने छ भने यो रकम छोरी बालिक भए पछि मात्र निकाल्न पाईने प्रावधान बनाईएको रामग्राम नगरपालिका का नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनु भएको छ ।
घरमा छोरीको जन्म भए पछि परिवारले जन्म दर्ता गरि छोरी र अविभावकको संयुक्त नाममा बैंकमा खाता खोली खाता नम्बर नगरपालिकालाई दिए पछि यो रकम बैंकको खातामा छोरीको नाममा जम्मा हुने ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले बताउनुभएको छ । कुनै कारणले छोरी बालिक नहुदै मृत्यु हुन गएमा यो रकम छोरीको हकवालाले निकालन पाउने ब्यावस्था गरिएको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनु भएको छ।