महेसपुर, ५ भदौ । शसस्त्र प्रहरीले सिमा क्षेत्रबाट साढे ३ लाख बराबरको अवैध कुखुराको चल्ला बरामद गरि नष्ट गरेको छ । गएराती नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ रम्पुरवाँबाट ५ हजार २ सय गोटा अवैध चल्ला बरामद गरि नष्ट गरेको हो । भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा शसस्त्र प्रहरी बल बिओपी हरपुरको गस्ती टोलीले सो चल्ला बरामद गरेको बिओपी प्रमुख प्रहरी निरिक्षक राजकुमार अधिकारीले बताए ।
बरामद चल्ला ३ लाख ३८ हजार रुपियाको रहेको अनुमान गरिएको छ । यतिबेला सिमा क्षेत्रमा चल्लाको कारोबार खुब बढेको छ । चल्ला र कुखुरा समात्न शसस्त्र प्रहरी र नेपाल प्रहरीमा निकै होडबाजी चलेको छ । प्रहरीले चल्ला त बरामद गर्छ तर कारोबारी र प्रयोग हुने सवारी साधान अझै पक्राउ गर्न सकेको छैन ।