परासी,४ फागुन । जिल्लाको वर्दघाट नगरपालिका १२ स्थित बुद्धमंगल ताल क्षेत्र्र बौद्धकालिन प्राचिन हलिदावसन नगर घोषणा भएको छ । माघ पुर्णिमाको अवसर पारेर वर्दघाट नगरपालिकाले ताल क्षेत्रको अध्ययन गराई प्राचिन कोलिय गणराज्य अन्तरगतको हलिदावसन नगर भएको भनि घोषणा गराएको हो । नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आथित्यतामा प्राचिन नगर घोषणा हुनुका साथै सो स्थानमा निर्माण भएको बुद्धमुर्तिको अनावरण र बुद्ध भिच्छुहरुलाई भोजनदान समेत भएको थियो । कोलिय गणराज्य अन्तरगतको एक समृद्ध नगरको रुपमा रहेको थियो । बौद्ध प्रति ति नगरका नगरबासी अत्यन्त श्रद्धालु रहेका थिए । सो नगरको स्थापना गर्दा नगरबासीहरु सबैले हल्दि अर्थात बेसारले रंगिएको कपडा लगाएर नगरको स्थापना गर्दा सो नगरको नाम हलिदाबसन रहन गएको अट्टकथाहरुमा उल्लेख भएको पाइन्छ । पछि त्यही नाम अपभ्रन्स हुदै अहिले दविला गाउको रुपमा चिन्ने गरिन्छ । जहाँ अहिले पनि बौद्धकालिन अवशेष र प्राचिन ताल रहेको छ । सो गाउमा भगवान बुद्ध धेरै पटक पुग्नु भएको थियो ।
त्यही क्रममा एक पटक स्थानिय साँधु र बौद्ध भिच्छुहरु विच केही वादविवाद भए पनि भगवान बुद्धले मित्त सुत्त(मैत्री सुत्र) सुनाएका थिए । त्यही सुत्र अनुसार भगवान बुद्धले भिच्छु र अन्य श्रावक तथा उपासकहरुलाई अनुसरण गर्नु भनि धर्मदेशना गरेका थिए । जुन मित्त सुत्तमा मैत्री,करुणा,मुदिता र उपेक्षा गरि चार ब्रम्हविहारबारे देशना गरेका थिए । मैत्री, करुणा, मुदिता र उपेक्षा यी चार ब्रम्हविहार हुन् । ‘ब्रम्ह’ शब्दको अर्थ उत्तम, श्रेष्ठ वा दोषरहित हुन्छ । ‘विहार’ शब्दको अर्थ हो, बास गर्नु । त्यसैले ब्रह्मविहार भनेको उत्तम, श्रेष्ठ, दोषरहित चित्तको अवस्था हो । ब्रह्माहरु अनन्त मैत्री, करुणा, मुदिता र उपेक्षा ध्यानमा रहन्छन् । ब्रह्माहरुले अभ्यास गर्ने गुण भएकोले पनि यिनलाई ब्रह्मविहार भनिएको हो । त्यस्तै यिनको अभ्यासले ब्रह्मलोकको गति मिल्ने हुँदा ब्रम्हचर्य पनि भन्ने गरिन्छ । असङ्ख्य प्राणीलाई मैत्री, करुणा, मुदिता र उपेक्षाको भावना प्रसारण गर्न सकिने हुनाले यिनलाई चार अप्रमाण्य पनि भनिन्छ ।
कोलिय गणराज्य भित्रको हलिदावसन प्रसिद्ध नगर थियो । भगवान बुद्धको यात्रा यो नगरमा धेरै पटक भएको थियो । त्यहाका मानिस धनि थिए र भगवान प्रति श्रद्धालु पनि थिए । यो नगरको नाम हलिदबसन कसरी पर्यो ? यस्को कथा विस्तार अटट्कथाकार ले भने की यो नगरको जग हाल्दाको बखत सबैले हल्दि(बेसार) मा संगिएको बस्त्र लगाएर शुभ कार्यलाई सम्पन्न गरेका थिए । हलिदवसन नगरमा आर्का सम्प्रदायका श्रमण रहेका थिए । यस्को प्रष्ट उल्लेख पाईन्छ,यसबाट त्यो कालको धार्मिक स्वरुपको अनुमान लगाउन सकिन्छ, गोवतीक तपस्वी पुष्प कोलिय पुत्रको जन्म यहिँ भुमिमा भएको थियो । यसै प्रकारले कुक्कुट चैत्य,अचेल सेसिक पनि यहीँका निवासी थिए । उनी पनि आफ्नो आश्रम बनाएर प्रचार प्रसार गर्दथे । भगवानले संयुतmको प्रसिद्ध मैत्र सुत्र(मेत्ता सुत्त) को उपदेश यहीँ गरेका थिए । भगवानले कुक्कर ब्रतिकलाई उपदेश यहीँ दिएका थिए ।
प्राचिन कोलिय गणराज्य भित्रै यो हल्लिदावस भएको कुरा र कोलिय पुत्रलाई समेत उपदेश दिएको कुराले कोलिय क्षेत्र भित्रै यो नगर पर्ने र अहिले वार्तमान अवस्थामा पनि यो बुद्ध मंगल तालले चिनिने थालेको हो । घोषणा कार्यक्रममा पत्रकार बेचु गौडले कार्यपत्र प्रस्तुत गरेका थिए । १० पृष्टको उतm कार्यपत्रमा यस हलिदवस नगर अर्थात भगवान बुद्धले मित्त सुत्त दिएको स्थान बुद्धमंगल ताल क्षेत्रको गुरुयोजा(मास्टर प्लान) नगरपालिकाले पास गरि कायान्वयनमा ल्याउने,. तत्काल यसको विस्ततृत परियोजना प्रतिवेदन डिपिआरसंगै यसको महत्व वर्दघाट नगरबासीसंगै वरिपरीका सबै गाउबासीलाई जानकारी गराउने,. भगवान गौतम बुद्धको सुत्त पिटक मध्ये अति महत्वपुर्ण मित्त सुत्त नियमित बाचन हुने तथा यस क्षेत्रमा निरन्तर मैत्रीका कार्यक्रम गर्ने,.कम्तीमा प्रत्येक पुर्णिमामा मात्र भए पनि कुनै न कुनै कार्यक्रमको आयोजना गर्ने,.पर्यटकिय क्षेत्रको विकाससंगै यस क्षेत्रमा पर्यटक तथा बौध धर्मावलम्बीको आवागन बढने हुदा गाउमा घरबास(होम स्टे) सञ्चालनका लागि स्थानियलाई प्रोत्साहित गर्नुका साथै होटल ब्यवसायिलाई पनि आकर्षित गर्ने सुझाव पेश भएको छ ।
त्यसैगरि .यस हलिदावस नगरको इतिहास र बुद्धको शिक्षा र महत्वलाई सम्पुर्ण नगरबासी तथा बालबालिकामा समेत लैजानका लागि स्थानिय पाठ्यक्रम बनाई विद्यालयमा पठन पाठनका लागि पनि नगरपालिकाले शुभारम्भ गर्नु पर्ने, नगरसभामा हलिदसन नगर अर्थात भगवान गौतम बुद्धको पाईला परेको र उहाँ स्वम् मित्त सुत्त दिएको स्थल लगायत अन्य बुद्ध साईटको खोज अनुसन्धान तथा विकासका लागि हल्लिदावस विकास कोष घोषणा गराई कोष स्थापना गर्न पहल पर्ने,.निरन्तर प्रचार प्रसारका कार्यक्रमहरुलाई महत्वका साथ अगाडी बढाउनु पर्ने रहेको छ ।
.यो स्थानमा बौद्ध विहार,ध्यानकेन्द्र,स्थान घाट,मैत्र उद्धान,भैत्री स्थल,मैत्री भवन लगायतका स्थान तथा इतिहासको आधारमा सिद्धार्थ गौतम( बुद्ध),तत्कालिन भिच्छु तथा अन्य साधु विच भएको सम्वाद स्थलको छनौट गरि उहाँहरुकोे मुर्ति स्थापना गरिनुका साथै फन पार्क,पिस पार्क लगायतका विभिन्न पार्कहरुको निर्माणका लागि पनि गुरुयोजना बनाई काम गरिनु पर्ने र .गोवतीक तपस्वी पुष्प कोलिय पुत्रको जन्म यहिँ भुमिमा भएको र यसै प्रकारले कुक्कुट चैत्य,अचेल सेसिक पनि यहीँका निवासी थिए । उनी पनि आफ्नो आश्रम बनाएर धर्मको प्रचार प्रसार गर्ने गरेकात तथा भगवानले कुक्कर ब्रतिकलाई उपदेश यहीँ दिएको हुदा त्यसको पनि मुर्ति स्थाना गरि ऐतिहासिकता उल्लेख गरिनु पर्ने आवश्यकता औल्याइएको छ । प्राचिन नगर घोषण गर्दै प्रमुख अतिथी प्रदेश साँसद अधिकार र नगरप्रमुख बस्यालले अ आफ्ना स्थानबाट हरेक पहल गरि हलिदावसन नगरको पहिचान देश विदेशमा गराईने प्रतिवद्धता समेत जनाएका थिए ।