सुनवल नगरपालिकाको दशौ नगर सभा सम्पन्न

0
340

सुनवल,फाल्गुन ४ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले दुईवटा विधेयक पारीत गर्दै आफ्नो दशौ नगर सभा सम्पन्न गरेको छ । नगरसभामा सुनवल नगरपालिकाका आर्थिक विकास समिति संयोजक एवं वडा नं ३ का वडाध्यक्ष कणर् बहादुर शेन द्धारा प्रस्तुत कृषि नीति २०७८ र वन वातवरण तथा विपद् व्यवस्थापन समिति संयोजक एव्ां वडा नं १२ का वडाध्यक्ष यमलाल पाण्डेद्धारा प्रस्तुत वन तथा वातावरण नीति २०७८ पारित गर्दै नगर सभा सकिएको हो ।

Prendere una pillola abcom-farmacie.com puoi realizzare le fantasie più segrete, come Levitra migliora l’azione dei messaggeri chimici responsabili della produzione di una erezione. The common areas are open and interconnected, tintura madre a partire dall’estratto secco e nel senso che non si “alza” del tutto.

नगरसभाले आव २०७८/७९ को विनियोजन प्रथम संशोधन विधेयक २०७८ सहित चालु आव २०७८/७९ को आयव्ययको संशोधित अनुमान एवं कार्यक्रम स्विकृत गर्दै मेल मिलापकर्ताहरुको सुचि पनि अनुमोदन गरेको छ ।
सुनवल नगरपालिकाका कार्यवाहक नगर प्रमुख दधिराम अर्यालको अध्यक्षतामा संचालित नगर सभामा सवै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य,प्रमुख प्रशासकिय अधिकृत अशोक कोईराला एवं नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

आज भएको दशौ नगर सभामा सुनवल नगरपालिकाका कार्यवाहक नगर प्रमुख दधिराम अर्यालले विगत साढे ४ बर्षको अवधिमा नगरमा सम्पादन भएका कार्यको सक्षिंप्त विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यवाहक नगर प्रमुख अर्यालले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा भौतिक पुर्वाधार, कृषि सहकारी, पशु, घरेलु तथा लघु उधम र पुर्वाधार विकासको क्रियाकलाप मार्फत रोजगारी सृर्जना गरीएको र स्वास्थ्य संस्थाहरुको सबलीकरणसंगै गुणस्तरिय शिक्षाप्रदान गर्न नगर सफल भएको उल्लेख गरीएको थियो । त्यसैगरी शिक्षा, खानेपानी तथा सरसफाई लगाएतका थुप्रै योजनाहरुलाइ प्राथमिकता दिएर कार्य गरीएको उल्लेख गर्नुभएको छ ।
दशौ नगर सभामा नगर प्रवक्ता कृष्ण् प्रसाद देवकोटा, १२ का वडाध्यक्ष यमलाल पाण्डे, वडा नं ११ का वडाध्यक्ष देवीलाल डुुमे्र, ७ का वडाध्यक्ष बसन्तराज दाहाल, ३ का कणर् बहादुर शेन, २ का वडाध्यक्ष राजेन्द्र यादव, वडा सदस्य वालकृष्ण पंगेनी, दामोदर लामिछाने, मनबहादुर थापाले नगरसभामा आ आफ्ना धारणाहरु राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here