सुनवल वडा नम्बर ३ र ४ वडा कार्यालय आजदेखि आफ्नै भवनमा

0
257

सुनवल,१ फागुन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका दुईवटा वडा कार्यालयको नवनिर्मित भवनको आज एकै दिन उद्घाटन गरिएको छ । उद्घाटन सँगै सुनवलको वडा नम्बर ३ र ४ को वडा कार्यालय आजदेखि आफ्नै भवनमा सञ्चालनमा हुन थालेको छन्।  नगरपालिकाको आफ्नै स्रोतबाट वडा नम्बर ३ को वडा कार्यालय भवन रु ९६ लाख र वडा नम्बर ४ को वडा कार्यालय भवन रु ८६ लाखमा निर्माण गरिएको सुनवल नगरपालिकाका कार्यबाहक नगर प्रमुख दधिराम अर्यालले जानकारी दिनुभयो । 

प्रदेशसभा सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमन्त्री बैजनाथ चौधरीले आज दुईवटै वडा कार्यालय भवनको छुट्टाछुट्टै कार्यक्रमका साथ उद्घाटन गर्नुभयो । नेता चौधरीले सङ्घीय संरचनाअनुसार सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले आफ्नो सेवालाई प्रभावकारी बनाउन सुनवल नगरपालिकाका जनप्रतिनिधिले प्राथमिकता दिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई टालाटुलि बटुलिको संज्ञा दिनुभयो । अहिलेको सरकारले केही काम गर्न नसकेको बताउनुभयो । 

कार्यक्रममा सुनवल नगरपालिकाका कार्यबाहक नगर प्रमुख दधिराम अर्याल, प्रदेससभा सदस्य भगवती भण्डारी, माओवादी केन्द्रका जिल्ला अध्यक्ष भविश्वर तिवारी, एमालेका नगरपालिका अध्यक्ष दुर्गानारायण सुवेदी, कांग्रेसका पप्पु रायमाझी, वडा अध्यक्ष कणर् बहादुर सेन, वीर बहादुर गुरुङ, महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य लगायतले बोल्नुभएको थियोे । यसअघि ति वडा कार्यालय भाडाको भवनबाट सञ्चालन हुँदै आएका थिए ।  वडा कार्यालय भाडामा बस्दा समस्या हुने गरेको भन्दै आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाह  प्रभावकारी हुने वडा नम्बर ४का वडा अध्यक्ष विरबहादुर गुरुङ्कले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here