बर्षेनी डुबानले नष्ट हुने धानखेती यसबर्ष यसरी जोगाईयो

0
467

सुनवल, ५ भदौ । सुनवल नगरपालिकाको वार्ड नम्बर ८ शान्ती टोलका स्थानिय बासिन्दाहरुले नगर प्रमुख भिम बहादुर थापालाई धन्यबाद दिदै सम्मान गरेका छन् । बर्षाैं देखि बाढीको डुबानमा परि बालीनाली नष्ट हुदै आएको क्षेत्रमा आफनो व्यक्तिगत लगानी गरि धानबाली जोगाएको खुशीमा स्थानियहरुले फुलमालाले नगर प्रमुख थापालाई सम्मान गरेका हुन् ।

शान्तीटो हुदै बगेको खपटे घोला बर्षेनी बर्षाको समयमा ओभर फ्लो भएर सो क्षेत्रको ५० आंै विगाहा खेती डुबानमा परि धानबाली नष्ट हुने गर्दथ्यो । खेतमा पसेको बाढीको पानी कतै निकास नपाएर पानी खेतमै जमेर धानबाली नष्ट हुने, स्थानियलाई आवत जावतमा समस्या हुदै आएको थियो ।

Image may contain: sky, cloud, grass, outdoor and nature

यो सिल्सिला करिब २० बर्षदेखि नै चल्दै आएको थियो तर नगर प्रमुख थापाले आफनो स्काभेटर लगेर ठाउँ–ठाउँमा कुलो बनाएर पानीको निकास पुनः खपटे घोलामा मिसाएपछि सो क्षेत्रको धानबाली निकै राम्रो सप्रेको देखेर स्थानियहरु खुशी भएको स्थानिय किसान शुक बहादुर तामाङ्गले बताए ।

Image may contain: 1 person, standing and outdoor

तमाङ्गले भने, यस समस्यालाई लिएर हामी विगतका बर्षहरुमा सुनवल नगरपालिका, जिल्ला प्रसशान सहित विभिन्न निकायहरुमा गयांै तर कतैबाट कुनै पहल भएन । यसबर्ष नगरपालिकामा जनप्रतिधिको रुपमा प्रमुख थापा आएपछि हाम्रो समस्याको सामाधान गरेर बालीनाली जोगाईदिएकोमा हामी खुशी भएर उनलाई धन्यबाद ज्ञापन गर्दै सम्मान गरेका हांै, तामाङ्गले भने ।

यत्रो लामो समयसम्म सो टोलका स्थानिय जनताहरु आफनो खेतको बाली खान पाएका थिएनन् । खेत हुँदा हुदै पनि बजारमा धान तथा चामल खरिद गरि गुजारा गर्ने गर्दथ्ये तर यसबर्ष बाढीको झन्झटले मुक्त भएपछि आफनै खेतको धानबाली खान पाउने भनि निकै खुशी भएका छन् । शान्तीटोल वार्ड नम्बर ८ को विकट र डुबानमा परि रहने टोल हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here