देशभक्त जनगणतान्त्रिक मोचा बर्दघाट कमेटीद्धारा कर खारेजीको माग

0
454

बर्दघाट, ४ भदौ । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा बर्दघाट नगर समितिले अबैज्ञानिक रुपमा लिएको कर खारेजी लगायतका २३ बुदें माग राख्दै बर्दघाट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । मोर्चाको कार्यालय हरियालीनगरबाट ¥याली सहित निस्केको टोलीले नगर प्रमुख धीरज शर्मा बस्याल समक्ष ज्ञापन पत्र बुझाएको हो ।

मोर्चाका नगर संयोजक ज्ञानबहादुर केसीको नेतृत्वमा नगर कार्यालयमा पुगेको सो टोलीले अबैज्ञानिक कर खारेजी, ई रिक्सा चालक माथि लगाइएको दोहोरो कर खारेजी एंवम् मृत्युदर्ता शुल्क खारेजी ,कृषकहरुका लागि क्रेडिट कार्ड ,बेरोजगार युवालाई स्वरोजगारको ब्यवस्थालगायतका माग गरिएको छ ।
देजमोको सो ज्ञापनमा सहज स्वास्थ्य उपचार शिक्षामा निजीकरणको अन्त्य, महिला हिंसाको अन्त्य, बजार अनुगमन, कृषकहरुका लागि मलखाद र बीउ लगायतका माग समेत रहेका छन् । ज्ञापनमा ती माग पुरा नभए शसक्त आन्दोलन गर्ने समेत चेतावनी दिइएको छ ।

सो अवसरमा ज्ञापन पत्र बुझ्दै नगर प्रमुख बस्यालले नगरले गर्न सक्ने मागहरु पुरा गर्ने र नसक्ने मागहरुलाई माथिल्लो निकायमा पठाउने र आन्दोलनको अवस्था आउन नदिने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here