यस कारण महिलाहरू पछाडी पर्दै

0
518

बर्दघाट, ४ भदौ । महिलाहरुको स्तर वृद्धि र सिप विकासका लागि स्थानिय तहमा वजेट विनियोजन देखि अधिकार प्रत्यायोजनका विषयमा प्रसस्त अवसरहरु भएपनि महिलाहरु स्वयम सचेत र जागरुक हुन नसकेका कारण महिलाहरु पछि परेको एक कार्यक्रमकावक्ताले बताएका छन् । सोमवार बर्दघाट ९ पञ्चनगरमा संकल्प र क्रियाशिल महिला पत्रकार समुहले आयोजना गरेको स्थानिय तहमा ब्यवस्थागरीएका सेवाहरुका विषयमा महिलाहरुका लागि अभिमुखिकरण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन । उनीहरुले महिला स्वयम जागरुक र संगठनात्मक रुपमा अघि बढ्न नसकेका कारण पछि परेको भन्दै अब सबै महिलाहरु सचेत र जागरुक भएर अघि बढ्नु पर्ने बताउनु भयो ।
क्रियाशिल महिला पत्रकार समुहकी अध्यक्ष्ँ धनु भुषालको अध्यक्षता र बर्दघाट नगर प्रमुख धिरज बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न् अभिमुखिकरण कार्यक्रममा उप प्रमुख माया पौडेल। प्रशाशकिय अधिकृत चिरन्जीवि गिरी ,वडाध्यक्षद्धय चन्द्रकान्त चापागाई,कविराज आचार्य,ईन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारीनिर्देशक बद्री प्रकाश सुवेदी लगाएतले बोल्नु भएके थियो । अभिमुखिकरण कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रशाशकिय अधिकृत चिरन्जीवि गिरीले सहजीकरण गर्नु भएको थियो । ज्ञानु पंगेनीको स्वागतवाट शुरुभएको कार्यक्रमको संचालन सिता शर्माले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here