कुखुराको चल्ला मात्र बरामद! कारोबारी किन फरार?

0
387


महेसपुर, ४ भदौ । नवलपरासीमा अवैध कुखुराको चल्लाको कारोबार बढदै गएकोे छ । खुल्ला सिमानाका कारण जिल्लाको हरेक नाकाबाट स्थानिय चल्ला कारोबारीहरु चल्लाको व्यापक कारोबार गर्दै आएका छन् । सिमा क्षेत्रमा शसस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थितका बावजुद पनि नेपामा प्रतिबन्धित भारतीय कुखुरा र चल्लाको कारोबार बढदै गएपछि प्रहरी–प्रशासनमाथि प्रश्न चिन्ह खडा भएको छ । ‘प्रहरीले कहिलेकाँही अवैध कुखुरा र चल्ला मात्र बरामद गरेको त सुन्छाै तर चल्ला कारोबारी पक्राउ परेको सुन्नै पाईदैन’ स्थानियले भने ।

त्यस्तै साेमबार विहान सिमा प्रहरी चौकी महेसपुरले  सरावल गाउँपालिका ४ हातीबनबाट ७ हजार ५ सय अवैध चल्ला बरामद गरि नष्ट गरेको छ । सो चल्लाको नेपाली बजारमा ४ लाख ८७ हजार ५ सय रुपैया पर्ने प्रहरीले जनाएको छ । यसका कारोबारी पनि फरार नै हुन सफल भए । चल्ला बरामदमा सिमा प्रहरी चौकी सक्रिय देखिएपनि अरु प्रहरी चौकीहरुको खासै सक्रियता पाइएन ।

गर्मि समयमा भारतीय कुखुराहरुमा बर्डफ्लुको संक्रमण भैरहने हुँदा सो संक्रमित कुखुरा र चल्लाको माध्यमले नेपालमा पनि बर्डफ्लुको संक्रमण भित्रिन सक्ने भनि नेपालले भारतीय कुखुरा, चल्ला र भारतीय सेतो अण्डालाई नेपामा प्रतिबन्धित गरेको छ तर भारतीय कुखुराको चल्ला नेपालको तुल्नामा प्रति गोटा ४० रुपैया सस्तोमा पाउने हुँदा स्थानिय व्यपारीहरु बढि लाभ लिन अवैध चल्ला नेपाल भित्राउने गरेको कुखुरा व्यवसायी संघ नवलपरासीले जनाएको छ ।

यसरी दिनहुँ लाखाैको चल्ला विभिन्न नाका हुदै नेपालमा भित्रिने गरेपनि प्रहरी–प्रशासनलाई यो कारोबार नियन्त्रण गर्न चुनौती समेत भएको छ । स्थानिय चल्ला कारोबारीहरु प्रहरीको आँखा छलेर भारतको सिमावर्ति बजार बरगदवाँ, ठुठीबारी, लक्ष्मीपु र झुल्नीपुर नाकाबाट राती र विहानकोे समयमा पिकप, मोटरसाईकल र भारमा बोकी ठुला कारोबारीहरुलाई सप्लाई गर्ने गरेको संघले आरोप लगाएको छ ।

यसरी नेपालमा भारतीय कुखुरा र चल्लाको व्यापक कारोबार हुन थालेपछि जिल्लाका कुखुरा व्यवसायीहरु मर्कामा परेका छन् । संक्रमित भारतीय कुखुरा र चल्लाको कारोबार नियन्त्रण गर्न नसके नेपालमा पनि बर्डफ्लुको संक्रमण फैलिन सक्ने संघको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here