परासी, ३ भदौ । सुनवल नगरपालिकाले बालमैत्री नगर घोष्णा सामारोह बिच ३ जना पत्रकार र १ संचार माध्यमलाई पनि सम्मान गरेको छ । नगरपालिकाको बालमैत्री नगर घोषणा अभियानमा योगदान पु¥याएको मुल्याङ्गन गर्दै नगरपालिकाले ३ जना पत्रकार र १ रेडियोलाई सम्मान गरेको हो ।
आईतबार सुनवल नगरपालिका सघियता पछिको नेपालकै पहिलो बालमैत्री स्थानिय शासन नगर घोषणा भएको छ । सो समारोह बिच बालमैत्री स्थानिय शासन नगर बनाउने अभियानमा समाचार र लेख लेखेर नगरपालिकालाई सहयोग गर्दै आएका पत्रकार बेचु गौड, पत्रकार हरि शर्मा, पत्रकार हुसैन अंसारी र रेडियो सुनवललाई सम्मान गरेको हो । समारोहमा यि तिनवटै पत्रकार र रेडियोलाई कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रशंशा पत्र दिई सम्मान गरेका हुन् ।