गर्भदेखि नै बालमैत्री बनाउनु पर्नेमा मुख्यमन्त्रि पोखरेलको जोड

0
452


परासी, ३ भदौ । प्रदेश नं.५ का मुख्य मन्त्रि शंकर पोखरेलले गर्भ भित्रै देखी बालबालिकालाई मैत्री प्रवाह गर्न आह्वान गर्दै गर्भपरिक्षण नगराउनका लागि पनि आग्रह गरेका छन् । सुनवल नगरपालिकालाई नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा सो कुरा बताएका हुन् ।

अहिले गर्भ परिक्षण गराएर बालिका भए गर्भपतन गराउने घटना पनि बाहिर आउने गरेका कारण गर्भ परिक्षण नै नगराएर बालमैत्री बनाउनु पर्नेमा जोड दिएका थिए । बालमैत्री बनाउने हो, गर्भ देखी नै यस्तो कार्य गर्नु पर्छ, मुख्यमन्त्रि पोखरेले घोषणा सभामा सम्बोधन गर्दै भने, बालक हो बालिका आमाको गर्भमै हुदा मैत्री प्रवाह गर्दै जन्म पश्चात बालअधिकारको सुनिश्चिता गर्नु पर्छ ।

जन्मे पछि पनि आमाको दुध खान पाउने बालअधिका हो, उनले थपे । जन्मेका शिशुलाई आमाकै दुध खुवाउनु पर्ने बताए । बालमैत्री हुनु राज्य एक प्रगतिसिल भएको विशेषता भएकोले यसमा पहिलो पटक सुवनलले बालमैत्री घोषणा गरेर नेपालमै इतिहास कायम गरेको मुख्यमन्त्री पोखरेलले बताएका थिए ।

बालमैत्री नगरपालिकाको घोषणा शिलालाई अनावरण गर्दै उनले अब सुनवलबाट बालमैत्री नगर घोषणा भएको र यसलाई अभियानकै रुप दिएर नेपालको पहिलो बालमैत्री प्रदेश बनाउनमा पनि प्रदेश सरकार लाग्ने जनाए । नेपालको पहिलो बालमैत्री स्थानिय घोषणा तह प्रदेश नं.५ बाट हुनु प्रदेशकै लागि ठूलो गौरव भएको बताएका थिए । सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री स्थानिय तह घोषणा भएको मा संघिय ससंदका साँसद तथा पुर्व गृहराज्य मन्त्रि देवेन्द्र राज काण्डेलले पनि आफु यसै क्षेत्रको निर्वाचित साँसद भएकोमा घोषणाले मलाई गौरवान्वित गराएको बताए । उनले यस बालमैत्री स्थानिय तहलाइृ विस्तार गर्नुमा जोड दिएका थिए, भने घोषणा भएको नगरपालिकालाई निरन्रता दिनका लागि आग्रह गरेका थिए ।

घोषणा कार्यक्रममा प्रदेश नं. ५ का भौतिक योजना पुर्वाधार मन्त्रि बैजनाथ चौधरी समेतले घोषणा प्रति हर्ष ब्यतm गरेका थिए । मन्त्रि चौधरी सुनवल नगरपािलका रहेको प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्रबाट नै निर्वाचित प्रदेश संसद हुन् । सुनवल नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषणाले प्रदेशको गौरव मात्रै बढाएको छैन् उनले सम्बोधन गर्दै भने, मलाई मत दिएर प्रदेश संसदमा जताउने यसै नगरपालिकाका मतदाता हुन् । कतिका सचेत छन् ? यस्तो कार्य र घोषणाले पनि अभिभावकलाई गौरवान्ति गराएको छ । जुन अभिभावक मलाई साँसद बनाए । अहिले म प्रदेशको मन्त्रि पदमा पुगे । उनले बालमैत्री नगर घोषणा पश्चात यसलाई निरन्तता दिनमा प्रदेश सरकारले पनि आफ्नो योजनामा समावेश गर्ने बताएका थिए ।

घोषणा कार्यक्रममा युनिसेफ नेपाल की बालमैत्री शाखाकी प्रमुख अन्जनी प्रधानले नेपाल सरकारले २०६८ सालमा बालमैत्री स्थानिय शासन बनाउने रणनीति पास गरे देखी नै आफुले कुन त्यस्तो पहिलो स्थानिय निकाय होला भनेर सोचेको थिए । जुन सुनवल नगरपालिका नै नेपालको पहिलो स्थानिय निकाय २०७२ साल जेठ ३२ गते घोषणा भयो । राज्य पुर्नसंरचना पश्चात पनि थपिएको क्षेत्रलाई पनि बालमैत्री घोषणा गरि पहिलो नै कायम राख्ने जनप्रतिनिधिको संकल्प अहिले पुरा गरेर नेपालको पहिलो बालमैत्री स्थानिय तह घोषणा गर्न सफल भएको उनले बधाई दिएकी थिईन् ।

सुनवलले वास्तवमै काम गरेर आफ्नो इतिहास रचेको छ, उनले भनिन्,यसले अन्तराष्र्टि«य पहिचान कायम गर्नमा पनि सफल भएको छ । उनले जनप्रतिनिधि नभएको बेला देखी नै सुनवल नगरपालिकालाई पहिलो बालमैत्री नगरपालिका घोषणा गर्नमा अग्रणी भुमिका निर्वाह गर्ने नगरपालिकाका बालमैत्री फोकल ब्यतिm रेशम शर्माको पनि प्रशंसा गरेकी थिईन् । अहिले नवनिर्वाचित नगरपालिकाका मेयर भिम बहादुर थापा क्षेत्री लगायत जनप्रतिनिधिले पहिलो नगरसभामा संकल्प लिईनु र संकल्प पुरा गरेर देखाउनु नेपालकै उदारणिय जनप्रतिनिध भएको बताएकी थिईन् ।

यो जनप्रतिनिधिको संकल्प पुरा गर्नमा जनप्रतिनिध मात्रै नभई यहाँका बालक्लब,महिला सुमह,सञ्चारकर्मी,शिक्षकको ठूलो योगदान रहेको नगरपालिकाका प्रवतmा कृष्ण प्रसाद देवकोटाले बताएका थिए । नगर प्रमुख भिम बहादुर थापाक्षेत्रीको अध्यक्षतामा भएको बालमैत्री नगर घोषणामा थापाले आफ्नो प्रतिवेदन प्रस्तुगत गरेका थिए । प्रतिवेदन अनुसार साविक (रामनगर गाविस)लाई वटा ३ वटा वडा कायम गरिए पछि एक बर्ष भित्र सबै काम पुरा गरि ४२ वटै सुचक पुरा गरिए थियो ।

यस भन्दा पहिला सुनवल नगरपालिकामा रहेको १० वटा वडा सहित नगर बालमैत्री घोष्णा भईसकेको थियो । नगर प्रमुख थापाले समारोहमा, नगरमा रहेको कुल १ सय ६० वटा बाल क्लबहरु, १३ वटा वडा स्तरिय बालक्लब संजाल र १ नगर स्तरिय बाल क्लब संजाल रहेको जनाकारी गराउदै नगरमा कुल ६८ हजार ८२ जन संख्या मध्ये २८ हजार २६० जना बालबालिका रहेको बताए । समारोहमा विभिन्न बालक्लबहरुले बालबालिकाको झक्लो दिने गरि नृत्य तथा ड्रामाहरु प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here