महेसपुर, ३ भदौ । शसस्त्र प्रहरीले करिब ३ लाख रुपैया बराबरको अवैध चल्ला बरामद गरेको छ । भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा रामग्राम नगरपालिका १७ बरारी गाउँमा शसस्त्र प्रहरीको टोलीले गएराती ४ हजार ५० गोटा अवैध कुखराको चल्ला बरामद गरि नष्ट गरेको हो ।
शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय बेलासपुरको शसस्त्र प्रहरी उपरिक्षक गहरधन राईको निर्देशनमा खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधामार सो ठाउँबाट २ लाख ९५ हजार ७५० रुपैया बराबरको अवैध चल्ला बरामद गरेको हो । बरामद चल्ला क्वारेन्टाईन चेकपोष्ट महेसपुरको रोहबरमा नजिकको झरही खोलामा नष्ठ गरिएको प्रहरीले जनाएको छ ।