रामग्राम बचत सहकारी द्धारा मृत्तक शेयर सदस्यका परिवारलाई राहत

0
316

परासी, ३ भदाै । रामग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेड परासीले आफ्ना मृत्तक शेयर सदस्यका परिवारलाई राहत रकम प्रदान गरेको छ । सो सहकारीका शेयर सदस्य एवं अजय ईलोक्टोनिक्स् बुद्धचोक परासीका सन्चालक युवा व्यवसायी आईतबहादुर गैरे अजयको असमायिक निधन भएपछि सहकारीले क्रिया खर्चका लागि राहत स्वरुप रु दश हजार प्रदान गरेको संस्थाले जनाएको छ ।

रामग्राम १ स्थित उहाँकै निवासमा सहकारीका अध्यक्ष मेघराज गौतमले स्वर्गिय गैरेका भाई सुरेन्द्र गैरेलेलाई सो रकम प्रदान गर्नुभएको हो ।संस्थाले मृत्तक शेयर सदस्य राहत कोषबाट सो राहत रकम प्रदान गरेको जानकारी दिदैँ अध्यक्ष गौतमले शोकसन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्ने शक्ति ईश्वरले प्रदान गरुन भनि कामना पनि गर्नुभएको थियो ।

साथै सो अवसरमा उपस्थित सहकारीका अध्यक्ष गौतम, पुर्व अध्यक्ष राजकुमार रेश्मी, कोषाध्यक्ष टंकराज पाण्डे, सन्चालक समिति तथा शेयर सदस्यहरुले सहकारीका शेयर सदस्य तथा युवा व्यवसायी गैरेको दिवंगत आत्माको चिरशान्तिको पनि कामना गर्नुभएको रामग्राम बचत तथा ऋण सहकारी संस्था परासीकी व्यवस्थापक तुलसी ढकालले जानकारी दिनुभयो । परासीका युवा व्यवसायी तथा सो सहकारीका शेयर सदस्य गैरेको गत साउन २५ गते उपचारको क्रममा निधन भएको थियो । साउन ७ गते सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका गैरेको उपचारको क्रममा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here