बालमैत्री घोषणाको पुर्वसध्यामा भुमही बजारमा सरसफाई

0
603


परासी,२ भदौ । नेपालकै पहिलो बालमैत्री स्थानिय तह घोषणाको अवसरमा घोषणा स्थल नवलपरासीको भुमही बजारको सरसफाई गरिएको छ । सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा सहित पदाधिकारीहरु सुनवल १२ भुमही बजारको सरसफाई गरेका हुन् ।

स्थानिय संस्था रामनगर जेसिजको समन्वयमा स्थानिय जनप्रतिनिधी,स्थानियबासी मिलेर सरसफाई गरिएको थियो । मेयर थापा, उपमेयर दधिराम अर्याल, प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ,प्रवक्ता कृष्ण देवकोटा लगायतका जनप्रतिनिधिहरु सरसफाईमा सहभागि रहेका थिए ।

सरसफाई कार्यक्रमको समायोजना जेसिजका अध्यक्ष भोजराज चापागाईले गरेका थिए । आईतावर ५ नं. प्रदेशका मुख्यमन्त्रि शंकर पोखरेलको प्रमुख आथित्यतामा बालमैत्री नगरपालिका घोषणा हुने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here