परासी,२ भदौ । नेकपा मओवादी केन्द्र (गोपाल किराती) को संगठन विस्तारलाई तिब्रता दिएको छ । संगठन विस्तारको क्रममा शनिवार जिल्लाको सरावल गाउपालिका स्तरिय कमिटि गठन गरेको हो ।
पार्टीको पोलिटब्युरो सदस्य तथा नवलपरासी पार्टी इन्चार्ज राजु हरिजनका अनुसार पारसनाथ हरिजनको अध्यक्षतामा ३१ सदस्यि कमिटि गठन भएको छ । गठित कमिटीको उपाध्यक्षमा रामानन्द हरिजन, सचिवमा विकाउ पासी, सह सचिवमा रियाज अहमद,कोषाध्यक्षमा सुमित्रा हरिजन रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा क्रमशः गिता हरिजन,मणीकान्त हरिजन,अतिउल्लाह मन्सुरी, चन्द्रावती देवी गुप्ता, रामनरेश हरिजन, बन्धन केवट,जैश्री कोहार,अमेरिका चौधरी,जितेन्द्र हरिजन,पप्पु यादव,लक्ष्मण हरिजन लगायतका छन् । जिल्ला इन्चार्ज हरिजको प्रमुख आथित्यतामा भएको उतm भेलामा पार्टीले मालेमाबादको सिद्धान्तबारे जानकारी गराईको थियो ।
त्यसैगरी पार्टीले अहिले सरकारद्धारा गरिएको मुल्यवृद्धि,करवृद्धिको विरुद्धमा संगठित गरि आन्दोलनका लागि तयार हुन आग्रह गरिएको थियो ।