जनता खोज्नुस ! कहाँ के गर्दै छन आठ हजारे ?

0
707

परासी, २३ श्रावण । भ्रष्टाचार विरुद्ध लडदै आएको भारतीय नेता अन्ना हजारेलाई त सबैले चिनेकै छन् तर नेपालकै ८ हजारेलाई अधिकांशले तत्काल नचिन्न पनि सक्छन् । तर उनीहरु तपाईहरुकै माझ आफ्नै गाँउ ठाँउमा जहाँ तही भेटाउन सकिन्छ । तिनीहरुलाई केही जनप्रतिनिधिहरुले नै दिएको नाम हो,आठ हजारे,उनीहरु हुन वार्ड सदस्यहरु जसलाई प्रदेश सरकारले तलब सुविधा भनेर ८ हजार रुपिया निर्धारण गरेको छ ।

पहिलो नगरसभामा वार्ड सदस्यहरुले के पाउने त ? ब्यापक प्रश्न उठाएका थिए । तर एक बर्ष नवित्दै प्रदेश सरकारले उनीहरुलाई पनि सुविधा वापत ८ हजार सुविधा पाउन सक्ने कानुन बनाउने वित्तिकै एक स्वरमै पास गरे आफ्नो आठ हजार सुविधा । कुनै विषयमा दलिय चरित्र अनुसार फरक मत देखाए पनि आठ हजार सुविधाका लागि सबै एक मत भएर ताली पडकाएका थिए ।

त्यही भएर केही वार्ड अध्यक्षहरुले भन्न थाले यि आठ हजारे सदस्यहरु हुन् । काम केही नगर्ने तर सुविधाबारे जहिले पनि सोधी राख्छन् । रामग्राम नगरपालिका आक्रोसित रहेको गाउँसभा सदस्यहरु (वडा सदस्य) लाई ८ हजारे नामले संज्ञा दिइएको थिए । स्थानिय तहको निर्वाचन सम्पन्न भएको एक बर्ष बित्यो । प्रदेश नम्बर ५ सकारले निर्माण गरेको स्थानिय तहका पदाधिकारी एवं सदस्यहरुलाई सुविधा अन्तर्गत रामग्राम नगरपालिकाको प्रमुख–उप्रमुख र वार्डहरुले एक बर्षको एकमुष्ठ सुविधा रकम त बुझि सके तर वार्ड सदस्यहरुले सो ८ हजारको मासिक सुविधा नपाए पछि नगरपालिका प्रति आक्रोसित बन्दै रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ताको ध्यानाकर्षण गराएका छन् ।

वार्ड सदस्यहरु संगठित भई नगरपालिकामा पुगेर भने, पाल्हीनन्दन गाउँपालिका सहितका विभिन्न नगरपालिका तथा गाउँपालिकाले आफनो वार्ड सदस्यहरुलाई पारिश्रमिक सुविधा रकम खुवाई सके तर हामीले रागम्राम नगरपालिकाबाट अझैसम्म खान पाएको छैनांै । जिल्लाका केहि नगरपालिका तथा गाउँपालिकाले आफना वार्ड सदस्यहरुलाई सुविधा रकम खुवाए यहाँ किन खुवाईएन भन्दै नगर प्रमुखसंग चर्किएका थिए । प्रदेश सकारले नगरपालिकाको वार्ड सदस्यहरुलाई मासिक ८ हजार र गाउँपालिकाको वार्ड सदस्यहरुका लागि ७ हजार रुपिया पारिश्रमिक सुविधा रकम निर्धारण गरेको छ ।

वार्ड सदस्यहरुलाई नगर÷गाउँसभााम उपस्थित जनाउने, बैठकमा उपस्थित भई राय सल्लाह पेश गर्ने र नगर/गाउंवार्डले खटाएको काम गर्ने भनि जिम्मेवारी दिइएको छ तर अधिकांश वार्ड सदस्यहरुले गाउँसभा र बैठकमा उपस्थिती बाहेक केहि गरेका छैनन् । वार्ड सदस्यहरुले कामै नगरि फोकटिहामा खाने निर्धारित सुविधा प्रति स्थानिय जनताले चिन्ता व्यक्त गरेका छन् । जनताको सेवा गर्न भनेर जनप्रतिनिधी छाने पछि उनीहरुले सेवा भन्दा सुविधामै बढि जोड दिन थालेका छन् । कतिपय वार्ड अध्यक्ष आफ्नो ब्यवसायिक फर्ममा बस्ने र सेवाग्राहीलाई वार्ड सचिवबाट कागजात बनाउन लागई बोलाएर सही ठेकोर पठाउने कार्य गर्दै आएका छन् । वार्ड सदस्य त एक दिन बैठक बाहेक बाकी समय आफ्नै ब्यसाय धन्दामा विताउने तर सुविधा खोज्दै पहिलै पुग्ने प्रवृतिले जनता अहिले आश्चर्य चकित भएका छन् ।

जिल्लामा ३ वटा नगरपालिका र ४ वटा गाउँपालिका गरि कुल ७ वटा स्थानिय तह छन् । ३ नगरपालिकामा कुल ४७ वटा वार्ड छन् भने १ सय ८८ जना वार्ड सदस्यहरु छन् । त्यस्तै ४ गाउँपालिकामा २७ वटा वार्डहरु छन् भने १०८ जना वार्ड सदस्यहरु छन् । जिल्लामा कुल २९६ जना वार्ड सदस्य छन् । यसरी २९६ वार्ड सदस्यहरुले बर्षभरिमा कुल २ करोड ७१ लाख १२ हजार रुपिया तलबभत्ता खाने छन् । आन्तरिक श्रोतबाट जनप्रतिनिधीहरलाई तलबभत्ता खुवाउने व्यवस्था रहेकाले जनप्रतिनिधीहरको ध्यान कर तर्फ बढेको पाइएको छ । जनप्रतिनिधीको सुविधाले झनै जनतामा माथि करको भार बढेको नागरिक समाजको अध्यक्ष सम्भु उपाध्यायले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here