सुस्ता, २० श्रावण । गतबर्षको भिषढ बाढीले धानबालीमा क्षति भएको क्षतिपुर्ति रकम सुस्ता बासीले पाउने भएका छन् । बाढीका कारण सुस्ता गाउँपालिकाको विभिन्न क्षेत्र डुबानमा परि धान बालीनालीमा क्षति भएको विवरण कृषि मन्त्रालयमा पठाएपछि सरकारले उक्त क्षतिपुर्ति रकम बापत २ करोड ४६ लाख रुपिया गा.पाको खातामा पठाएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।
उनले भने, गाउँपालिकाको ६ सय भन्दा बढि किसानहरुको धान खेती बाढीले नष्ट भएको थियो ति किसानहरुलार्ई क्षतिपुर्ति रकम एक हप्ता भित्रै बाडने बताए ।
यसवर्ष गाउँपालिकाले कृषि क्षेत्रमा १ करोड ८५ लाख रुपिया लगानी गर्ने भएको छ । गाउँपालिकाले धानबाली र पशुको बिमा गरिसकेको छ भने केरा खेतीको बिमा गराइएको छ । बिमाको लागि मात्र गाउँपालिकाले २० लाख रुपिया बिनियोजन गरेको अध्यक्ष पाण्डेले बताए ।
त्यस्तै स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले १ करोड १८ लाख रुपिया लगानी गर्दै छ भने शिक्षा क्षेत्रमा कुल बजेटेका २६ प्रतिशत बजेट लगानी गर्ने अध्यक्ष पाण्डेले बताए । गाउँपालिकको कुल बिनियोजित बजेट ३९ करोड ९८ हजार ७२ हजार रुपैया हो ।