नवलपुर, २७ श्रावण । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी–१ होङसी शिवम सिमेट कारखाना जाने चोकमा पूर्ववाट पश्चिमतर्फ गइरहेको लु १ त ९७५९ नम्बरको बलेरोको ठक्करबाट विपतरीत दिशातर्फ जाँदै गरेको लु २० प ५१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
शनिबार दिउँसो भएको दुर्घटनामा परी मृत्यु हुनेमा प्युठानको लिवाङ–८ घर भई हाल कावासोती नगरपालिका नवलपुर बस्ने ३३ वर्षका जगतबहादुर परियार र उनको भान्जा १० वर्षका विजय परियारको मृत्यु भएको दुम्कीबास प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।