प्रमोद अर्याल परासी, २७ श्रावण । नेपाल आइ टि एफ तेक्वान्दो महासँघ नवलपरासीको आयोजनामा खेलाडी सम्मान तथा ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ । नवलपरासीको प्रतापपुर—२, गोपिगँजमा नवलपरासीका ९ वटा तेक्वान्दो डोजाङ्गका २ सय ५ जना खेलाडीको पेटि परिक्षा सम्पन्न भएको आइ टि एफ तेक्वान्दो जिल्ला अध्यक्ष रितमान कामुले जानकारी दिए । पेटि परिक्षामा सेतोपेटी बाट पँहेलोमा ३१ जना, पँहेलोबाट हरियोमा २९ जना, हरियोबाट निलोमा २५ जना, निलोबाट रातोमा २९ जना र रातोबाट कालो स्ट्राप मा ८४ जना उत्तिर्ण भएका छन । तेक्वान्दोका अन्तराष्ट्रिय प्रशिक्षक घम बहादुर थापाको उपस्थितीमा पेटि परिक्षा सम्पन्न भएको हो ।
यस्तै छैटौँ दक्षिण एशियाली आइ टि एफ तेक्वान्दो प्रतियोगितामा नवलपरासीबाट प्रतिनिधित्व गरि पदक विजेता १९ खेलाडीलाई सम्मान गरिएको छ । पदक विजेता खेलाडीहरुलाई बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्माले सम्मान पत्र प्रदान गरेका थिए । उक्त कार्यक्रममा आइ टि एफ तेक्वान्दोका सँस्थापक अध्यक्ष राज कुमार थापा, कोषाध्यक्ष विद्रोह प्रकाश विष्ट, जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष कुमार आले, जिल्ला तेक्वान्दो सँघका सचिव प्रेम कामु लगायतको उपस्थिती रहेको थियो ।