बिश्व भु–संरक्षण दिवसको अवसरमा बृक्षारोपण

0
675

जीवन न्यौपाने-सुनवल, २३ श्रावण । बिश्व भु–संरक्षण दिवसको अवसरमा धुसा बालउधान उपभोक्ता समितिले बुधवार सुनवल नगरपालिका वडा नं. ११ भँडरी नवलपरासिमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सो बृक्षारोपण कार्यक्रममा सुनवल नगरपालिकाले वडा नं ११ भँडरीमा बनाउन लागेको बालउधान क्षेत्रवरिपरि जामुन, निम, गोलमर, असोका, कल्कि, धुपी, गुलाव, बेल आदिका बिरुवाहरु रोपीएको हो ।

कार्यक्रममा धुसा बालउद्दान उपभोक्ता समिति का अध्यक्ष कुलानन्द पाण्डेको अधक्ष्यता , सुनवल नगरपालिकाका नगरप्रमुख भिम बहादुर थापाको प्रमुख आतिथ्यता , उपप्रमुख दधीराम अर्याल र सुनवल नगरपालिकाका कार्यकारी प्रमुख रामलाल श्रेष्ठको बिशेष आतिथ्यता त्यस्तै वडा नं ११ का वडा अध्यक्ष देबिलाल डुम्रे र वडा नं १२ का वडा अध्यक्ष यमलाल पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले नगरपालिकाले सो क्षेत्रमा बनाउन लागेको बालउधान केन्द्रमा बृक्षारोपण हुनु खुशिको कुरा भएको बताउदै नगरपालिकाले निकट भविश्यमा नै स्वदेशि तथा बिदेशि लगानि भित्र्याएरै भएपनि देशकै नमुना बालउधान केन्द्र बनाउने लक्ष्य आफुहरुले लिएको बताए । त्यस्तै कार्यक्रममा सहभागिहरुले छिटो भन्दा छिटो बाल उद्दान केन्द्रका लागि आवश्यक पर्ने भौतिक पुर्वाधार निर्माणका काम सम्पन्न गर्न नगरप्रमुख थापाको ध्यानाकर्षण गराएका थिए । संस्थाका सचिव मुक्ति प्रसाद बस्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन देवेन्द्रराम न्यौपानेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here