परासी, २७ श्रावण । बजाज कम्पनीले परासी बजारमा पनि १५० ट्वीन डिस्कको नयाँ पल्सर मोटरसाईकल लन्च गरेको छ । नवलपरासीको सदरमुकाम परासीमा अरनीको ट्रेडिङ्ग प्रालिले खोलेको बजाज मोटरसाईकल शोरुमले देशभरि संगै परासीमा पनि बजाजको १५० टवीन डिस्क पल्सर मोटरसाईकल लन्च गरेको हो ।
रामग्राम नगरपालिकाको उप–प्रमुख रम्भा कुँवरले उक्त न्यु मोडेलको पल्सर मोटरसाईकल माथि राखिएको कभर हटाएर उदद्दाटन गरेकि हुन् । उक्त पल्सर चलाउनमा आरामदायी, आधुनिक मिटर, गुड माईलेज, गुड लुक्स र टवीन डिस्ब्रेकको क्षमतावान रहेको अर्नीको ट्रेडिङ्गका म्यानेजिङ्ग डाईरेक्टर सुरज क्षेत्रीले बतए ।
उनले भने, यो मोटरसाईकल युवाहरुको डिजायरमा परेकाले युवाहरुकै मागले बजारमा ल्याइएको हो । यस पल्सरको मुल्य २ लाख ५५ हजार ९ सय रुपिया कायम गरिएको छ । कम्पनीको अर्नीको ट्रेडिङ्गको अध्यक्ष मोतिउल्लाहको अध्यक्षतामा भएको पल्सर १५० टवीन डिस्कको लन्च कार्यक्रममा प्रमुख अतिथि एवं नगर प्रमुख रम्भा कुँवर, पुर्व स्थानिय राज्य विकास मन्त्री घनश्याम यादवले बोलेका थिए ।