भबिश्वर पाण्डे ।
कावासोती, २० माघ । बिगतको बर्षहरुमा करोडाैमा जाने केरुङ्ग खोलाको ठेक्का यसवर्ष लाखैमा सिमित हुने देखिएको छ । आर्थिक बर्ष २०७१/७२ मा केरुङ्ग खेला ५ करोड २९ लाख ९५ हजार रुपैयामा ठेक्का लागेको थियो तर यसवर्ष कावासोती नगरपालिकाले कम क्वान्टीटी देखाएर जम्मा ९७ लाखको हाहाराहारीमा सो खेलाको ठेक्का दिने भएको छ । आ.व. २०७१÷७२ मा सो खोलाको ठेक्का स्मृति निमार्ण सेवा कम्पनिले ५ करोड २९ लाख ९५ हजार लिएको थियो ।
आर्थिक बर्ष २०७२/७३ मा खोलाको ठेक्का नै लागेन । आर्थिक बर्ष २०७३/७४ मा खोलालाई ५ खण्डमा बिभाजन गरी ठेक्का लगाउन राष्ट्रपती चुरे संरक्षणले जिल्ल विकास समितिलाई अनुमती दियो तर खोलाको जम्मा ३ खण्ड मात्रै ठेक्का लागेको थियो । पहिलो खण्ड अन्र्तगत ८९ लाख ७० हजारमा मध्यबिन्दु कन्सट्रक्सनले ठेक्का पाएको थियो भने द्रोस्रो खण्ड अन्र्तगत १ करोड १८ लाख २५ हजार नबप्रतिभा कन्सट्रक्सनले ठेक्का पाएको थियो । तेश्रो खण्ड अन्र्तगत २९ लाख १० हजारमा अनिसा कन्सट्रक्सन ठेक्का पाएको थियो ।
करिब २० बर्ष पछि भएको स्थानिय तहको निवार्चन पछि आर्थिक बर्ष २०७४/७५ को लागी लगाउन थालिएको केरुङ्गेखोला ठेक्का जम्मा ९७ लाखको हाराहारीमा सदर गर्ने तयारीमा कावासोती नगरकार्यपालीकाको रहेको एक स्रोतको दाबि छ । गत पुस ५ गते राजधानि दैनिक पत्रिकामा बिज्ञापन प्रकाशित गरी केरुङ्गेखोलाको ठेक्का आव्हान गरीएको थियो । ठेक्का आव्हानमा नगरपालिका र ठेकेदार बिच मिलोमतो भई खोलाको न्युनतम भोलुम (परिमाण) २४ लाख २१ हजार ९ सय ५० घनफिट मात्र देखाई खोलाको टेण्डर आव्हान गरिएको छ । खोलाको न्युनतम भोलु्म शो गर्ने र अवैध उत्खननबाट अधिक खोलाजन्य पदार्थ झिक्ने ठेकेदार र केहि नगरपालिकाका जनप्रतिनिधिहरुको चलखेल रहेको स्थानियको आरोप छ ।
केरुङ्गेखोलाको ठेक्का आव्हान भएपछि १० ब्यवसायिक र्फमहरुले ठेक्का फर्म खरेको तर ठेक्का हाल्न एउटा ब्यवसायिक फर्म मात्र आएको नगरपालीका कर्मचारी स्रोतले बताएको छ । हिरोज कन्सट्रक्सन, मध्यबिन्दू सप्लायर्स, मनकामना कन्सट्रक्सन, गायत्रि कन्सट्रक्सन, जयलक्ष्मि कन्सट्रक्सन, नवलपुर कन्सट्रक्सन, कर्णबिल्डस कन्सट्रक्सन, आरके कन्सट्रक्सन, माईला कन्सट्रक्सन, मौनाली कन्सट्रक्सनको नाममा र्फम बिक्री भएपनि नवलपुर कन्सट्रक्सनले मात्र ठेक्का हालेको कर्मचारी स्रोतले बताएको छ । उक्त कर्मचारीले भने, नवलपुर कन्सट्रक्सनले ९७ लाखको हाराहारीमा ठेक्का हालेको छ अब नगरकार्यपालीका बैठकबाट सदर गर्ने मात्र बाकि छ । सबै प्रक्रिया मिलेकोले सदर होला । यसरी ब्यवसायिहरुबिच प्रतिप्रधा नभई एउटा मात्र ब्यवसायिक र्फमले ठेक्का हाल्दा अन्य ब्यवसायिक र्फमहरु बिच पनि मिलेमतो गरि सस्तोमा ठेक्का लिन खोजेको स्थानियको आरोप छ ।
यसरी १० वटा सस्थाको नाममा फर्म बिक्री हुने तर एउटा मात्र फर्मले ठेक्का हाल्दा ब्यवसायिहरु बिच मिलेमतो भएर थोरै रकममा ठेक्का जानु राजस्वमा धक्का लाग्नु स्थानिय प्रकाश खनाले गुनासो गरे । स्थानिय तहको निवार्चन पछि नगरपालिकाले नगरपरिषदमा केरुङ्गेखोलाको ठेक्काबाट आन्तरीक आम्दानि ५ करोड राखेको भएपनि खोला ठेक्काबाट अब एक करोड पनि नआउने देखिएको छ ।
यता कावासोती नगरपालिकाले कार्यपालिकाको वैठक पनि नडाकी मनोमानी ढंगले केरुङ्गे खोलाको ठेक्का दिएको भन्दै केही वडा अध्यक्षहरुले विरोध जनाएका छन् । १७ वटा वडा रहेको कावासोती नगरपालिकाको ८ वटा वडा अध्यक्षहरुले आपसी मिलेमतोमा राजश्वलाई घाटामा पारी ठेक्का दिएको अरोप लगायका छन् ।
नगरका ८ जना वडा अध्यक्षहरुले तत्काल यस्तो मिलेमतोमा लगाईएको ठेक्का बदर गरी पुन ठेक्का आव्हान गर्ने नगरप्रमुख सँग माग गरेका छन् । वार्ड अध्यक्षहरुले गरेको मागहरु तत्काल सम्बोधन नगरिए संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् ।
त्यस्तै खोला ठेक्काको बदर गर्ने माग गर्दा वडा अध्यक्षहरुलाई पार्टीको जिल्ला नेताहरुबाट यस बिषयमा नबोल्न भनेर फोन आउने गरेको ति वार्ड अध्यक्षहरुले बताएका छन् । यता कावासोती नगरपालीका प्रमुख चन्दा कुमारी पुनले सबै ठेक्का प्रकृया कानुन बमोजिम रहेको बताएकी छिन् भने नगर उपप्रमुख प्रेमशंकर मर्दनिया थारुले ठेक्का प्रकृयाको बारेमा नगर कार्यपालिकाको बैठक पछि मात्र टुङ्गो लगाईने बताएका छन् । उनले भने, के कारणले खोला सस्तोमा गयो भनेर आफुहरुले नगरकार्यपालीकाको बैठकमा छलफल गर्ने अनि ठेक्का सदर गर्ने कि बदर गर्ने भनेर निर्णय लिने मर्दनियाले बताए ।