सरावल, १ भदौ । नवलपरासीको सरावल गाउँपालिका ३ काेठिलहामा प्रथम गाउँ स्तरीय पुरुष फुटबल खेलकुद प्रतियाेगिता शुक्रबार देखि सुरु भएको छ । लायन्स युवा क्लब सरावल गाउँ पालिका वडा नं. ३ काेठिलहा द्वारा श्रीकृष्ण जन्माष्टमीकाे शुभ अवसरमा आयोजना गरिएकाे सो प्रतियोगिता साेम नरायण चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँ पालिका उपप्रमुख उतमा रायकाे प्रमुख आतिथ्यतामा सञ्चालन भएकाे छ ।
प्रतियोगिताको उद्घाटन गर्दै सरावल गाउँ पालिका उपप्रमुख रायले खेलहरुमा युवाहरुको रुची हेर्नुपर्ने बताउदै खेलाडीहरुले अनुशासनलाई उच्च प्राथमिकता दिएर खेल्नु पर्नेमा जोड दिनुभयो । विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने उँहाले आश्वासन दिनुभयो ।
कार्यक्रममा सरावल गाउँ पालिका वडा न. ३ वडा अध्यक्ष अणेन्द्र राय , सयपत्रि मा.बि प्र.अ भाेला प्रसाद चाैधरी, सरावल गाउँपालिका स्तरीय खेलकुद समिति अध्यक्ष महेन्द्र चाैधरी,भाेजपुरि संचार मन्च नवलपरासी अध्यक्ष उमेश बि.क, समाजसेवी फिरंगि चाैधरी, महिला समाजसेवी सितामति चाैधरी ,भेष नरायण चाैधरी ,हिमालय यवा क्लब अध्यक्ष नरेश फाैजदार लगाएतले कार्यक्रमकाे शुभकामना मन्तब्य दिनुभएको थियो ।
साे खेलकुद प्रतियाेगितामा नवलपरासीका ३७ वटा फुटवल समुहको सहभागिता रहेकाे छ । अाज बेतहानि र भगजाेगनि बिच भएको खेलमा ०/० बराबरी भएको हुदा पेनाल्टी भएको खेलमा बेतहानिलाई ४ काे बिरुद्ध ५ गाेलले भगजाेगनि बिजय भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार द्धितिय हुनेलाई १५ हजार सहित अन्य पुरस्कार राखिएको छ ।