घरेलु मदिरा र लागुपदार्थ प्रयोगकर्ताका कारण समाजमा सुरक्षा चुनौती बढदो

0
461


नवलपुर, १ भदौ । विपन्न र सिमान्तकृत समुदायको न्याय र सुरक्षा पहुंच अभिवृद्धिका लागि हिकोडेफ नवलपरासी द्धारा संचालित पहुंच परियोजना अन्र्तगत नागरिक प्रहरी संवाद कार्यक्रम शुत्रकार मध्यविन्दु नगरपालिकामा भएको छ ।

मध्यविन्दु नगरपालिका ४ ,५ र ६ का जनप्रतिनि ,स्थानिय नागरीक ,प्रहरी लगाएतको सहभागितामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समाजमा विभिन्न प्रकृतिका सुरक्षाका समस्या भएको औल्याएका थिए । खासगरी घरेलु मदिरा र लागुपदार्थ दुव्यसनिका कारण सुरक्षामा चुनौति आएको स्थानिय नागरीकले बताएका थिए ।

मदिरा र लागुपदार्थ प्रयोग कर्ताका कारण अपराधका घटनाहरु हुने गरेको भन्दै यसको नियन्त्रण र नियमनका लागि प्रहरीले कडा रुपमा कदम चाल्न आवश्यक रहेको उनिहरुले औलाएका थिए । मदिरा र लागुपदार्थ प्रयोगकर्ताकै कारण घरेलु हिंसा,काटमार,बलत्कारका घटना बढने गरेको भन्दै यसको नियन्त्रणका लागि प्रहरी संग आफुहरु पनि हातेमालो गर्न तत्पर रहेको सहभागिले बताएका थिए ।

बिशेष गरेर साझको समयमा प्रहरीले गस्ति बढाउन सके समाजमा घटने घटनामा कमि हुने र सुरक्षा मजमुत हुने वक्ताहरुले जोड दिएका थिए । राति १०,११ बजेको समय सम्म मदिरा ,गाजा सेवन गरी होहल्ला गर्ने जस्ता कृयाकलाप हुने गरेको भन्दै यस समयमा प्रहरीले यस्ता सम्भावित स्थानहरुमा निगारनि बढाउन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नागरीक स्तरबाट उठेका सवाल र सुझावहरुलाई समेटदै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका एस.पी . रमेश थापाले आफूले घरेलु मदिरा नियन्त्रणका लागि कडा रुपमा लागेको बताउनु भएको थियो ।

सस्तो र सर्वसुलभ रुपमा जहा पायो त्यही घरेलु मदिरा उपलब्ध हुदा यसले समाजमा सुरक्षा र अपराधका घटनाहरु बढाउन सक्ने भन्दै यसको नियन्त्रणका लागि कडाईका साथ लागि परेको उहाले बताउनु भएको थियो । नागरीकले भने जस्तै रातको समयमा गस्ति बढाईएको तर जनशक्ति र यातायातको अभावमा सोचेअनुसार कार्यगर्न अप्ठ्यारो भएको उहाले बताउनु भएको थियो ।

यति हुदा हुदै पनि आफु मातहतका प्रहरीहरु रातिको समयमा गस्तिका लागि कडाईका साथ परिचालन गरेको एस.पी. थापाले बताउनु भयो । उहा“ले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीलाई नागरीकको पूर्ण साथ र सहयोग आवश्यक रहेको समेत बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै एस.पी थापाले मदिरा र लागुपदार्थका कारण समाजमा नराम्रो असर परीरहेको भन्दै यसको नियन्त्रणका लागि घर परिवार आफु सचेत रहन आवश्यक रहेको बताउनु भयो । नागरीक प्रहरी संवाद कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं मध्यविन्दु नगरपालिका उपप्रमुख ओम कुमारी महत्तोले समाजमा अपराधका घटना हुन नदिन नागरीक र प्रहरी मिलेर अघि बढनु पर्ने बताउनु भयो ।

प्रहरी एक्लो प्रयासले सुरक्षा कायम गर्न ग्राहो हुने भएकाले नागरीक पनी बिना बर्दीको प्रहरी भएको भन्दै उहाले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरी र नागरीक सगै संगै मिलेर कार्य गर्नु पर्ने बताउनु भएको थियो । संवाद कार्यक्रममा मदिरा ,लागुऔषध प्रयोग नियन्त्रणका लागि टोल टोलमा सचेतना मुलक कार्यक्रम गर्ने योजना समेत निर्माण गरीएको थियो ।

नागरीक प्रहरी संवाद कार्यक्रममा पहु“च परियोजनाका परियोजना संयोजक अच्युत खनाल र कार्यक्रम अधिकृत दयाराम आचार्यले सहजिकरण गर्नु भएको थियो । मध्यविन्दु नगरपालिका ४ ,५ ,६ का जनप्रतिनिधि,स्थानिय नागरीक, बिभिन्न संघ संस्थाका प्रतिनिधि ,प्रहरी लगाएत गरी करीब ३२ जनाको सहभागिता रहेको थियो । कार्यक्रम मध्यविन्दु नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पदम नारायण चौधरीको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here