सुस्ताबासीले फेरी भारतिय नहर फुटाए

0
339

सुस्ता, १ भदाै । सुस्ताबासीले फेरी भारतिय नहर फुटाएका छन् । थारु जातीको पर्व पुतली पिट्ने र दहन गर्ने क्रममा नहरमा गएका सुस्ता गाउपालिका वडा नम्बर २ सत्पत्तिका जगनारायण चौधरीका छोरा बर्ष १७ का कमल चौधरी नहरमा डुवेर वेपत्ता भएपछि भारतियलाई नहरको पानी घटाउन आग्रह गर्दा नमानेपछि आक्रोसित सुस्ताबासीले गएराती नहर फुटाएका हुन् ।

भारतिय पक्षले नहरको पानी नघटाउदा खोजी कार्यमा कठिन भएको भन्दै सुस्ता २ का स्थानियले यस अघि फुटाएको ठाउ लक्ष्मिपुर गुदरियामा भारतिय नहर फुटाएका हुन । आक्रोसित स्थानियले नेपाल भारत सिमा नाका ब्यारेजपुलमा रातिनै प्रदर्शन समेत गरेका थिए ।
भारतिय पक्षले अहिले पनि नहरको पानी घटाएको छैन । नहरमा पानी नघटेका कारण चौधरीको खोजी कार्यमा कठिनाई भएको छ । भारतिय पक्षले नहरको पानी नघटाए अन्य क्षेत्रमा पनि नहर फुटाउने सुस्ता २ का स्थानियले चेतावनी दिएका छन् । (साभारः दाैतरी एफएम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here