परासी, १ भदाै । सिमा क्षेत्रमा चोरी तस्करी एवं अपराधिक क्रियाक्लाप रोक्न प्रहरीको सक्रियता बढेको छ । सिमा क्षेत्रमा भैरहेको चोरी तस्करी, मानव बेचविखन, अपराधिक क्रियाक्लाप र द्धन्द्धलाई न्युनिकरण गर्न नेपाल प्रहरी तथा शसस्त्र प्रहरीको सक्रियता बढेको पाइएको छ । सिमा बसेको प्रहरी तथा शस्त्र प्रहरी चौकीहरुले सिमामा भैरहेको चोरी तस्करी, लागु औषध ओसार पोसार र विभिन्न अपराधिक क्रिया क्लाप न्युनिकरण गर्न सिमा क्षेत्रमा निगरानी बढाएको छ ।
विहिवार सशस्त्र प्रहरी बल बिओपी झुल्नीपुरले (गुठी परसौनी) आयोजना गरेको नव आगन्तुक प्रहरी निरिक्षक माधव पण्डितलाई स्वागत तथा परिचयात्मक कार्यक्रममा जुटेका विभिन्न प्रहरी चौकीका ईन्चार्जहरुले सिमा सम्देनशिल क्षेत्र रहेकाले यस क्षेत्रमा निगरानी बढाएको बताए ।
जिल्लाको खुल्ला सिमानाका कारण विभिन्न सामानहरुको चोरी तस्करीमा व्यापकता आएको देखिन्छ भने विभिन्न अपराधिक घटनाहरु पनि घटने गरेका छन् । अबका दिनमा सिमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन कडा निगरानी बढाउने चौकीका ईन्चार्जहरुले बताए ।
कार्यक्रममा प्रतापपुर गाउपालिका अध्यक्ष राज कुमार शर्मा, भारतीय एसएस बी झुलनिपुरका प्रहरी निरिक्षक रवि कुमार, समाजसेवी दिवेन्द्र मिश्रा, अजोध्या यादव, कन्हैया हरिजन बच्चा राजभर लगायतले मन्तब्य राखेका थिए ।